सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेको तेमालका दुई युवा सुनकोशी नदीमा बेपत्ता

काभ्रेको तेमालका दुई युवा सुनकोशी नदीमा बेपत्ता

6990
Shares
काभ्रेको तेमालका दुई युवा सुनकोशी नदीमा बेपत्ता

काभ्रे : काभ्रेको तेमाल गाउँपालिकाका दुई जना युवा सुनकोशी नदीमा बे पत्ता भएका छन् । वडा नम्बर २ घर भएका २१ बर्षीय सुजित तामाङ र तेमाल गाउँपालिका वडा नम्वर ३ घर भएका २२ बर्षीय दिलध्वज तामाङ आज दिउँसोदेखि सुनकोशी नदीमा बे पत्ता भएको जिल्ला प्र हरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।

डिएसपी खतिवडाका अनुसार सुजित र दिलध्वज चौरीदेउराली गाउँपालिका वडा नम्वर ८ स्थित बिर्तादेउरालीमा पर्ने सुनकोशी नदीमा माछा मार्ने क्रममा बे पत्ता भएका हुन् । सुजित र दिलध्वजसँगै सुजितका भाई १७ बर्षीय अजित तामाङ र दिलध्वजका भाई १५ बर्षीय पदम तामाङ पनि माछा मार्न सुनकोशी नदीमा पुगेका थिए ।

दिउँसो १ बजेतिर खोलामा माछा मार्ने क्रममा बे पत्ता भएका उनीहरूको अवस्था अझै पत्ता लाग्न नसकेको डिएसपी खतिवडाले बताउनुभयो । अहिले ईलाका प्र हरी कार्यालय कात्तिकेदेउरालीका प्र हरी निरीक्षकको नेतृत्वमा प्र हरी र स्थानीयले खोजी गरिरहेका छन् ।

प्रहरी चौकी पचुवारघाटको टोली खबर पाउन साथ घटनास्थल पुगेको थियो । खोजीका लागि थप प्र हरी सहित गोताखोरको टोली टोली पठाउन छलफल भैरहेको डिएसपी खतिवडाले बताउनुभयो ।

6990
Shares

ट्रेन्डिङ