सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कृषि सामग्री कम्पनी धुलिखेलको मल गोदाम रित्तै

कृषि सामग्री कम्पनी धुलिखेलको मल गोदाम रित्तै

10710
Shares
कृषि सामग्री कम्पनी धुलिखेलको मल गोदाम रित्तै

काभ्रे : बाली लगाउने मुख्य सिजनमै मल ढुवानी नभएपछि धुलिखेलमा रहेको कृषि सामग्री कम्पनीको गोदाम रित्तिएको छ । गोदाम रित्तिएसँगै रसायनिक मलको चरण हाहाकार हुने दाखिएको छ ।

मल खरिदका लागि ठेक्का लागि सकेको छ । तर ढुवानी नहुदा गोदाम खाली रहेको कम्पनीका शाखा प्रबन्धक बासुदेव शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार २ हजार क्षमताको गोदाममा केहिदिन अघि अनलोड भएका ४२ टन मात्रै डिएपी मल कम्पनीमा छ । युरिया र पोटास मल कति पनि कम्पनीमा छैन् ।

धुलिखेलका लागि छुटेका ५ वटा ट्रकलाई पथरियाको भन्सार कार्यालयले उस्तै रोकेको शाखा प्रबन्धक शर्माले बताउनुभयो । ‘मल नेपाल त भितिएको छ, तर ढुवानी सहज छैन, हिजो मै हाम्रो जिल्लाको लागि मल लोड गरेर छुटेका ट्रक पथलियाबाटै फर्काईएका छन्, ढुवानी नहुँदा गोदाम खाली छ, ढुवानीमा सहजीकरण गरिदिए, आपूर्ति सहज हुने थियो ।’

राजधानी हुदै काभ्रेमा मल बोकेका ट्रक आउनु पर्ने भएका कारण राजधानी पूर्वका जिल्लाहरुको रसायनिक मलको समस्या देखाएको हो । ‘थानकोट देखि यताको मात्रै समस्या हो, विपी राजमार्गबाट त्यो ट्रक आउन सक्दैन, अरू ठाउँमा अहिले हाहाकार देखिएको छैन्, गृह प्रशासनले मल ढुवानीलाई सहज बनाईदिने हो भने रसायनिक मलको पनि संकट आउन सक्छ, शाखा प्रबन्धक शर्माले भन्नुभयो ।’

कृषि सामग्री कम्पनी धुलिखेलले काभ्रे र सिन्धुपाल्चोक पुरै जिल्लाका किसानलाई रसायनिक मलको पुरयाउँदै आईरहेको छ । त्यस्तै दोलखा र रामेछाप जिल्लाका केहि भागमा समेत धुलिखेलबाटै मल पुग्ने गरेको शाखा प्रबन्धक शर्माले बताउनुभयो ।

‘कृषिको अनुरोध पठाइएको गाडी आउन दिएनन्, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले पनि थप समन्वय गर्छु भन्नुभएको छ, गृहले तदारुकताका नदेखाउने हो भने मलको हाहाकार समाधान होला जस्तो छैन, शाखा प्रबन्धक शर्माले भन्नुभयो ।’

10710
Shares

ट्रेन्डिङ