सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बिद्यार्थीले लेखिन आफ्नो शिक्षकलाई बचाउन मनछुने पत्र

बिद्यार्थीले लेखिन आफ्नो शिक्षकलाई बचाउन मनछुने पत्र

10010
Shares
बिद्यार्थीले लेखिन आफ्नो शिक्षकलाई बचाउन मनछुने पत्र

म सुष्मा शाही,अहिले ब्याचलर पढ्दै छु, म अहिले जहाँ छु त्यो मेरो गुरुकै कारण हो, त्यहि गुरु जो अहिले जीवन र मृत्युसँग लडिराख्नु भएको छ। दाङ लमही नगरपालिका वार्ड नं ५ शान्तिनगरमा घर भई रोजी बड्स हाईयर सेकेण्डरी स्कूल, लमहीमा पढाउँदै आउनु भएका बिद्यार्थीमाझ लोकप्रिय र आदर्शवादी शिक्षक श्री भरत दुलाल ज्यूलाई गएको एक महिना देखि कोरोनाले ग्रस्त पारेको थियो।

लेखक : सुष्मा शाही

लमही नगरपालिकाको कोभिड आइसोलेसनमा दुई हप्ता जति अक्सिजन सहित बसेर केही ठीक भएपछि घर फर्किनु भएको थियो। घर बसेको एक हप्ता पछि फेरि ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, मान्छे नचिन्ने, आँखा नदेख्ने आदि भएपछि उहाँलाई फेरि एम्बुलेन्समा काठमाडौं पुर्याइयो ।

काठमाडौंको चक्रपथ स्थित चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि.मा भर्ना गरियो। त्यहाँ उहाँलाई फेरि कोरोना पोजेटिप देखियो । त्यहाँ उपचार हुने वातावरण नभपछि उहाँलाई महाराजगन्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरियो।

टिचिङ अस्पतालमा उपचारको क्रममा उहाँलाई Black Fungus नामको बिमारी देखियो जसको लागि Liposomal amphotericin B नामको इंजेक्शन दिनमा ७ डोजको दरले २५ दिन सम्म लगाउनु पर्ने, डाक्टरहरुले भन्नु भयो। यो औषधी नेपालभरी नै अभाव भएको कारणले २ दिन सम्म सबै हस्पिटलमा खोज्दा पनि पाउन सकिएन। केही हस्पिटलमा सानो मात्रामा डोजहरु भएता पनि आफ्नो बिरामीलाई मात्र दिन मिल्ने बताए।

साथै केही मेडिकलहरुले ब्ल्याकमा धेरै पैसा लिएर दिने खबर नी पायौं। उहाँको छोरा र श्रीमती अस्पतालमा उहाँसँगै हुनुहुन्छ। सामान्य शिक्षकको आम्दानीले त्यति महंगो औषधि चलाउन नी अलि गाह्रो पर्ने भएको छ। उहाँको आर्थिक अबस्था निकै कमजोड भएका कारण उपचारमा समस्या दखिएको छ।

अहिले उहाँको नाख, आँखा लगायत टाउको सम्मको अप्रेशन भइरहेको छ जसमा आँखा र दिमाग सम्म Black Fungus पुगेको हुनाले आँखा झिक्नु पर्ने अवस्था आएको छ। दिमागको अप्रेशनमा पनि 50/50 चान्स भन्नु भएको छ। केहि आर्थिक सहयोग जुटाउन सके सरलाई निको बनाउन सकिन्थ्यो कि भन्ने आसा छ। हे भगवान हाम्रो गुरुलाई छिट्टै ठिक बनाइदेऊ !

कृपया म हजुरसँग मेरो शिक्षकको उपचारकोलागि सहयोगको भिख माग्दछु ।
हामी बिद्यार्थीहरुको सम्पर्क नम्बरहरु:
सुष्मा शाही: 9809860286
सचिन दुलाल (छोरा) : 9849590792
दिपेन्द्र शाही: 9844996347
अमृत खनाल: 9861281465

10010
Shares

ट्रेन्डिङ