सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विवेकशील साझाका नेता उज्वल थापाको निधन

विवेकशील साझाका नेता उज्वल थापाको निधन

5700
Shares
विवेकशील साझाका नेता उज्वल थापाको निधन

काठमाडौं : विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल पाको निधन भएको छ । साझा विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले आज अपरान्ह ४ः२५ बजे उपचारका क्रममा थापाको निधन भएको जानकारी दिएका छन् ।

थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । हिजो थापाको कोरोना रिपोर्ट नेभेटिभ आए पनि स्वास्थ्य अवस्था गम्भीर थियो । उनको भेन्टिलेटर र इक्मो विधिबाट उपचार भइरहेको थियो ।

कोभिड संक्रमण भई केहीदिनदेखि थापा ह्याम्स अस्पतालमा भर्ना भएका थिए । ह्याम्सबाट उनलाई ग्रान्डी अस्पताल रेफर गरिएको थियो र थप स्वास्थ्य अवस्था जटिल भएपछि जेठ १४ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

5700
Shares

ट्रेन्डिङ