काभ्रे : कोभिड-१९ महामारीको विषम परिस्थितिमा “रोगले भन्दा, भोकले नमरुन” भन्ने उदेश्यका साथ नेपाली कांग्रेस बनेपा नगर समितिले सुरू गरेको फूड बैंकमा नेपाली कांग्रेसका नेता गणेश लामाले एकै पटक १ सय बोरा चामल सहयोग गर्नुभएको छ ।
निम्न आय स्रोत भएका घर परिवारलाई वितरणका लागि सुरू गरिएको फूड बैंकमा नेता लामाले एकैपटक १ सय बोरा चामल सहयोग गर्नुभएको हो । काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा अघिल्लो पटक नेपाली कांग्रेसबाट उम्मेदवार रहनुभएका नेता लामाले गरेको खाद्यान्न सहयोगबाट छाक टार्न समस्या झेलिरहेका घरपरिवारलाई वितरण गरिने नेपाली कांग्रेस बनेपा नगर कार्यसमिति जनाएको छ ।
नेता लामाले आफ्नो निर्वाचन क्षेत्रमा यसअघि स्वास्थ्य सामग्री हस्तान्तरण गरिसक्नु भएको छ ।’यो धेरै ठूलो सहयोग त होईन, सुरुवात हो, यो संकटको बेला समस्यामा परेका घरपरिवारलाई सहयोग गर्नु हामी सबैको दायित्व हो, त्यहि दायित्व अन्तर्गत फूड बैंकमा चामल सहयोग गरेको हुँ, नेता लामाले सबैको समाचारसँग भन्नुभयो ।’