सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सांसद लामा र भुर्तेलद्वारा जनस्वास्थ्य कार्यालय काभ्रेलाई स्वास्थ्य सामग्री हस्तान्तरण

सांसद लामा र भुर्तेलद्वारा जनस्वास्थ्य कार्यालय काभ्रेलाई स्वास्थ्य सामग्री हस्तान्तरण

6180
Shares
सांसद लामा र भुर्तेलद्वारा जनस्वास्थ्य कार्यालय काभ्रेलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काभ्रे : बागमती प्रदेश सभा सदस्यद्वय माननीय चन्द्र लामा र माननीय गोमा भुर्तेलले स्वास्थ्य कार्यालय काभ्रेलाई स्वास्थ्य सामग्री हस्तान्तरण हस्तान्तरण गर्नुभएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामग्री सांसदद्वय लामा र भुर्तेलले स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झालाई हस्तान्तरण गर्नुभएको हो ।

सामाजिक विकास मन्त्रालयले काभ्रे जिल्लाका लागि ५ हजार ६ सय थान एन्टिजेन किट र २५ थान मृत शरीर प्याक गर्ने झोला पठाएको थियो । जिल्लामा अहिले एन्टिजेन परीक्षणलाई बढाईएको छ ।

यस अघि प्राप्त ६ हजार किट मार्फत १२ वडा स्थानीय तहमा एन्टिजेन मार्फत कोरोना संक्रमितको परीक्षण भैरहेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त किटले कोरोना भाईरस परीक्षणमा सहयोग पुग्ने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

6180
Shares

ट्रेन्डिङ