सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • शिवाकोटि द्धारा १ सय ३० घरपरिवार र स्थानिय अस्पताललाई खाद्यय तथा स्वास्थ्य सामाग्री हस्तान्तरण

शिवाकोटि द्धारा १ सय ३० घरपरिवार र स्थानिय अस्पताललाई खाद्यय तथा स्वास्थ्य सामाग्री हस्तान्तरण

22385
Shares
शिवाकोटि द्धारा १ सय ३० घरपरिवार र स्थानिय अस्पताललाई खाद्यय तथा स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाण्डौ /  दोलखाका जिल्ला कालिन्चोक गाउँपालिका वडा नं. ८ का युवा व्यवसाहि तथा समाजसेवी रामकृष्ण शिवाकोटीले दोलखा जिल्लामा विभिन्न चरणमा सहयोग गर्दै आएका छन् ।

गत १९ गते दोलखाका विभिन्न अस्पतालमा कोरोना बाट संक्रमित भएकाको कुरुवाका लागी खाद्यय सामाग्रीहरु चामल २० बोरा, साबुन ८० पिस, अण्डा २१ क्रेट हस्तान्तरण गरेका छन् । त्यस्तै दोलखाकै कालिन्चोक गाउँपालिका वडा नं. ५ र ६ का ६० घर परिवारलाई राहात वितरण गरीएको थियो ।


सोही दिन दालखा गा.पा वडा नं. १ का ७० घर परिवारलाई त्यहाँका स्थानीय शिक्षक ओम थामीको रोहबरमा वितरण गरीएको थियो । साथै दोलखाको विभिन्न स्थानको स्वास्थ चैकिलाई २ सय ८० पिस साबुन र ५ सय पिस माक्स वितरण गरेका हुन् । साथमा भिमेश्वर नगरपालीका वडा नं. ३ का वडाअध्यक्ष्य हरिशरण शिवाकोटीको रोहवरमा जिल्ला प्रहरी कार्यलय दोलखालाई समेत २ सय पिस माक्स हस्तान्तरण गरेका हुन् ।


उनले हाल सम्म दोलखा जिल्ला भरी १ सय ५० बोरा चामल, ६ सय पिस साबुन, प्यारासिटामोल ५सय पिस र अण्डा १ सय ५४ क्रेट आफ्नो व्यक्तिगत पहल र लगानीमा शिवाकोटीले वितरण गरेका छन् ।

22385
Shares

ट्रेन्डिङ