सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाली युवाहरुले खाडिमा बगाएको पसिनाले गरे मातृभुमीलाई सहयोग

नेपाली युवाहरुले खाडिमा बगाएको पसिनाले गरे मातृभुमीलाई सहयोग

13515
Shares
नेपाली युवाहरुले खाडिमा बगाएको पसिनाले गरे मातृभुमीलाई सहयोग
  • पुजन धिताल

काभ्रे, जेठ २४ :  काभ्रे सेवा समाज साउदीअरबद्धारा जिल्लाका भिन्न क्षेत्रका कोभिड–१९ का बिरामीहरुको जीवन रक्षाको लागि सहयोग स्वरुप अक्सिजन कन्सेन्ट्रेटर आज जिल्ला कोभिड ( डिसिएमसि ) का संयोजक प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई हस्तान्तरण गरीएको छ ।

“काभ्रेको बिकास गरौँ सबै मिली,एकजुट हौँ साउदीअरबमा काभ्रेली“ भन्ने मुल नाराका साथ बिदेशी भुमी साउदीअरबलाई कर्मभुमी बनाएर साउदीअरबका बिभिन्न क्षेत्रमा छरिएर रहनुभएका सम्पूर्ण काभ्रेलीहरुलाई एकत्रित गर्दै एक संगठनमा बसेर बिभिन्न सामाजिक परोपकारी कार्यहरु गर्दै आइरहेको काभ्रे सेवा समाज साउदीअरबले जिल्ला विपत व्यवस्थापनलाई १२ वटा अक्सिजन कन्सेन्ट्रेटर सहयोग गरेको छ ।

प्रथम वार्षिकोत्सब समारोहमा रु. १० लाखको शैक्षिक बिकास अक्षय कोष, को सुरुवात गरेको, जुन रकमबाट आज संस्थाले १२ वटा अक्सिजन कन्सट्रेटर काभ्रे जिल्लाको बिभिन्न नगरपालिका गाउँपालिकाहरुमा पुगोस र कोरोना संक्रमितहरुलाई अक्सिजन दिनमा मद्दत पुगोस भन्ने हेतुका साथ हस्तान्तरण गरेको हो ।

विश्व महामारिको रुपमा फैलिएको कोभिड १९, कोरोनाले गत १ बर्ष भन्दा बढी समयदेखी नेपालमा पनि मानविय क्षती गराउँदै आएको यो अबस्थामा आफ्नो सहयोगले जिल्लाका केही समुदायमा अक्सिजन कमिका कारण ज्यान नजाहोस भन्ने हेतुले उक्त सामाग्रि हस्तान्तरण गरीएको संस्थाका कोशाध्यक्ष अजय कुमार त्रिपाठीले बताए ।

सो हस्तान्तरण कार्यक्रमलाई सहजिकरण भने जनस्वास्थ्य संघका केन्द्रिय सदस्य लामाले गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला जनस्वास्थ्य कार्यंलय काभ्रेका प्रमुख नरेद्र कुमार झा, पत्रकारहरु र संस्थाका तर्फबाट संस्थाका कोशाध्यक्ष अजय कुमार त्रिपाठी, संस्थाका सदस्य दशरत हुमागाइ, रन्जना थपलीया त्रिपाठी , युवा नेता सुरज तिमल्सिना लगाएतको उपस्थिती रहेको थियो । सो सामाग्री डिसिएमसिले जिल्लाको पालीकाहरुलाई समान्तर रुपमा वितरण गर्ने छ ।

13515
Shares

ट्रेन्डिङ