सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा सं क्रमितले रक्सी बेचेको खुलसा

काभ्रेमा सं क्रमितले रक्सी बेचेको खुलसा

5855
Shares
काभ्रेमा सं क्रमितले रक्सी बेचेको खुलसा

काभ्रे : काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ छत्रेपाटीमा कोरोना सं क्रमित भएका व्यक्तिले बिक्री वितरण गरिरहेको घरेलु मदिरा नष्ट गरिएको छ । छत्रेपाटीमा स्थानीय एक परिवारले बिक्री वितरण गरिरहेको घरेलु मदिरा आज बरामद गरी नष्ट गरिएको हो । उक्त परिवारका सदस्य कोरोना सं क्रमितको भएको बताईएको छ ।

घरमा कोरोना संक्रमित हुँदाहुँदै घरेलु मदिरा बिक्री गरिरहेको सूचनाको आधारमा नमोबुद्ध नगरपालिका, वडा कार्यालय र प्र हरी चौकी भकुण्डेको अनुगमन टोलीले १२० लिटर घरेलु मदिरा बरामद हो । बरामद गरिएको मदिरा प्र हरी चौकी भकुण्डेमा लगेर नष्ट गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिनुभयो ।

मदिरा बिक्री गर्ने परिवारका सदस्यलाई भने यस्ता कार्य नगर्ने चे’तावनीसहित छाडिएको भकुण्डे प्र हरी जनाएको छ । नगरपालिकाका विभिन्न स्थानमा नि षेधाज्ञाको उल्लंघन गर्दै अवैधरुपमा मदिरा बिक्री वितरण गर्ने गरेको सूचना आएको र त्यसको अनुगमनलाई तीब्र पारिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

नगरपालिकाले कोरोना संक्रमण भएका व्यक्तिलाई होम आइसोलेसनमा बस्न र कुनै स्वास्थ्य समस्या भए नगरपालिकामा सम्पर्क गर्न आग्रह गर्दै आइरहेको छ ।स्वासप्रस्वास लगायत सवास्थ्य समस्या भएका बिरामीका लागि नगरपालिकाले जनक बहुमुखी क्याम्पसमा आइसोलेसनको व्यवस्थासमेत गरेको छ ।

यसैबीच नमोबुद्ध नगरपालिकाले नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र भकुण्डे बजारमा अनुगमन तीब्र बनाएको छ । प्र हरीसहित नगरपालिकाको टोलीले जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको नि षेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन तीब्र बनाएको हो ।

नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको निषेधाज्ञालाई पूर्णरुपमा पालना गर्न नगरभित्रका व्यवसायी एवं सर्वसाधारणलाई आग्रह गरेको छ । निषेधाज्ञाको उल्लंघन गर्नेलाई संक्रामक रोग नियन्त्रण ऐनअनुसार कारवाही हुने व्यवस्था गरिएको छ ।

5855
Shares

ट्रेन्डिङ