सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेमा ४४ जना थपिए, १६४ जना निको भए

काभ्रेमा ४४ जना थपिए, १६४ जना निको भए

7510
Shares
काभ्रेमा ४४ जना थपिए, १६४ जना निको भए

काभ्रे : काभ्रेमा आज १६४ जना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ जनस्वास्थ्य अधिकृत डाक्टर नगेन्द्रकुमार छाक अनुसार आज जम्मा ४४ जना मात्रै नयाँ संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा काभ्रेका दुई सहित तीन जना रोना सं क्रमितको मृ त्यु भएको छ । उपचारको क्रममा धुलिखेल अस्पतालमा धुलिखेल नगरपालिकाका ४८ बर्षीय महिला र सिन्धुपाल्चोक मेलम्चीकी ५२ बर्षीय महिलाको मृ त्यु भएको छ । त्यस्तै सैनिक अस्पतालमा मण्डनदेउपुर नगरपालिकाका ६२ बर्षीय पुरूषको मृ त्यु भएको छ ।

थप थपिएका सं क्रमित मा सबैभन्दा बढी बनेपा नगरपालिकाका ७ जना महिलाहरु र ६ जना पुरुष   छन् । त्यसैगरी धुलिखेल नगरपालिकाका ३ जना महिला २ जना पुरुष, पनौती नगरपालिकाका ५ जना र २ जना पुरुषमा सं क्रमण पुष्टि भएको छ ।

पाँचखाल नगरपालिकाका ४ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाका ३ जना महिला र ३ जना पुरुष, भुम्लु  गाउँपालिकाका ४ जना महिला र १ जना पुरुष, चौरीदेउराली गाउँपालिकाका १ जना पुरुष,  तेमाल गाउँपालिकाका ३ जना महिला र महाभारत गाउँपालिकाका १ जना पुरुष कोरोना सं क्रमण पुष्टि भएको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १८ सय २४ मा झरेको छ । जसमा ११७ जना अस्पतालको आईसोलेसनमा र १७ सय ७ जना होम आईसोलेसनमा रहेका छन् ।

7510
Shares

ट्रेन्डिङ