सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कांग्रेस नेता गणेश लामा पक्राउको चौतर्फी विरोध

कांग्रेस नेता गणेश लामा पक्राउको चौतर्फी विरोध

13735
Shares
कांग्रेस नेता गणेश लामा पक्राउको चौतर्फी विरोध

कांग्रेस नेता गणेश लामा पोखराको लेकसाइडबाट पक्राउ पर्नुभएको छ । गण्डकी प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गेलाई भेट्न पुगेको भन्दै सोधपुछका लागि नेता लामालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वसको मत लिने भएपछि बिहानैबाट मनाङ्गे सम्पर्कविहीन बनेका थिए । उनले त्यसअघि मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने बताएका थिए । तर, उनी बिहीबारको मतदानमै सहभागी भएनन् ।

मनाङ्गेलाई गणेश लामाले विपक्षमा मतदान गर्न फोर्स गरेको बुझिएको छ । लामा र मनाङ्गेबीच बुधबार साँझ लेकसाइडको एक होटलमा भेट भएको प्रहरीको भनाइ छ । सो भेटपछि नै मनाङ्गेले विपक्षमा मतदान गर्ने धारणा बनाएका थिए ।

सोही बिषयमा सोधपुछका लागि कांग्रेस नेता लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अहिले लामालाई इलाका प्रहरी कार्यालय बैदाममा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कांग्रेस नेता गणेश पक्राउ परेपछि सरकारको विरोध सुरू भएको छ । नेता लामा काभ्रेको संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) मा नेपाली कांग्रेसबाट उम्मेदवार हुनुहुन्थ्यो ।

गण्डकी प्रदेशमा मनाङे निर्णायक शक्ति बनेका छन् । उनले कृष्णचन्द्र नेपालीलाई समर्थन गरेमा मुख्यमन्त्री बन्न सक्छन् । कुल ६० जना प्रदेश सभा सांसद रहेको गण्डकीमा बहुमतका लागि ३१ मत चाहिन्छ । मनाङेले कृष्णचन्द्र नेपालीको पक्ष लिए ३१ मत पुग्छ । उनलाई ३० सांसदको समर्थन छ ।

नेकपा एमालेको २७, नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, जसपाको २, राष्ट्रिय जनमोर्चाको ३ र स्वतन्त्र १ सांसद छन् । कृष्णचन्द्र नेपालीले काँग्रेसको १५, माओवादी केन्द्रको ११, जसपाको २, राजमोको २ मत पाउँदा ३० मात्र पुग्छ ।

दिपक मनाङे पक्षमा आए नेपालीले बहुमत पाउनेछन् । उनलाई मिलाउन गणेश लामा पोखरा पुगेको बुझिएको छ । मनाङेलाई फेरि मन्त्री बनाउने गरी नेपालीलाई साथ दिने सहमति निर्माण गर्न खोजिएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

13735
Shares

ट्रेन्डिङ