सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जुनियर जेसिसको रक्तदान कार्यक्रम सम्पन्न

जुनियर जेसिसको रक्तदान कार्यक्रम सम्पन्न

5615
Shares
जुनियर जेसिसको रक्तदान कार्यक्रम सम्पन्न

काभ्रे : काभ्रेको जुनियर जेसिस धुलीखेलको आयोजनामा विश्व रक्तदान दिबशको अवशरमा ५० भन्दा बढि मानीसले रक्तदान गरेका छन् ।मानवता सेवा जिवनको सर्वोत्तम कार्य हो भन्ने मुल नाराको साथ रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लामा कोरोना भाइरस बढि रहेको बेलामा रगतको अभावको सृजना नहोस भन्नका लागी रक्तदान कार्यक्रमको आयोजना गरेको जुनियर जेसिसका अध्यक्ष मनिस श्रेष्ठले जानकारी दिए । सो धुलीखेल जुनियर जेसिसको आयोजनामा भएको हो । उत्त कार्यक्रमको सह आयोजक धुलीखेल उद्योग वाणीज्य संघ, धुलीखेल जेसिसले गरेका हुन् ।

रक्तदान कार्यक्रम

संस्थाहरुमा श्री कालीजंग गण, धुलिखेल वडा नं. ६, ने.रे.सो. धुलिखेल उपशाखा, नेपाल स्वयंमसेवि रक्तदाता समाज आदिले सो रक्तदान कार्यक्रममा सहयोगीको भुमिका निर्वाहा गरेका थिए । साथै रक्तदान कार्यक्रमलाई प्राविधिक सहयोग भने धुलीखेल अस्पतालले गरेको थियो ।

कार्यक्रममा नेपाली कंग्रेसका नेता रमेश हुमागाई, उद्योग वाणीज्य संघ काभ्रेका प्रतिनिधि कैलाश पलाञ्चोके, उद्योग वाणीज्य संघ धुलीखेलका अध्यक्ष मञ्जु कुमार कोजु आदिको उपस्थिति रहेको थियो ।

5615
Shares

ट्रेन्डिङ