सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिन्धुपाल्चोकको बाढीमा बेपत्ता व्यक्तिको शव काभ्रेमा फेला

सिन्धुपाल्चोकको बाढीमा बेपत्ता व्यक्तिको शव काभ्रेमा फेला

14055
Shares
सिन्धुपाल्चोकको बाढीमा बेपत्ता व्यक्तिको शव काभ्रेमा फेला

सिन्धुपाल्चोकको बाढीमा बेपत्ता १ जना व्यक्तिको शव काभ्रेमा फेला परेको छ । बाढीमा बेपत्ता ७ जनामध्ये १ जनाको शव काभ्रेको मण्डनदेउपुरमा फेला परेका नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुवँरले जानकारी दिए ।

उनका अनुसार १ जना चिनिया नागरिक समेत बेपत्ता रहेका छन् । हेलम्बुको पहिरोका कारण मेलम्ची डुबानमा परेको छ भने ईलाका प्रहरी कार्यालय, मेलम्चीको ड्यामसाइडमा रहेको सशस्त्र प्रहरी कार्यालय र नेपाली सेनाको कार्यालय विस्थापित भएको प्रहरीले जनाएको छ ।

बाढीले २ पक्की र १ झोलुङ्गे पुल गरी ३ वटा पुल बगाएको छ । बाढीले तटीय क्षेत्रका घरमा गरेको क्षतिबारे यकिन विवरण प्राप्त हुन सकेको छैन । ‘प्रहरी कार्यालय नै क्षति भएकाले प्रहरी त्यहाँ जान सकेको छैन,’ प्रहरी प्रवक्ता कुवँरले भने ।

14055
Shares

ट्रेन्डिङ