सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • रोशी गाउँपालिकाले कोदो र सिस्नु खेतीमा ५० अनुदान दिदै, अरु के के मा पाईन्छ अनुदान ?

रोशी गाउँपालिकाले कोदो र सिस्नु खेतीमा ५० अनुदान दिदै, अरु के के मा पाईन्छ अनुदान ?

8100
Shares
रोशी गाउँपालिकाले कोदो र सिस्नु खेतीमा ५० अनुदान दिदै, अरु के के मा पाईन्छ अनुदान ?

काभ्रे : काभ्रेको रोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा प्लाष्टिक पोखरी,प्लाष्टिक टनेल संगै वर्षे फलफूलका विरुवा वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७७-०७८ को स्विकृत वार्षिक कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा फलफूलका विरुवा वितरण गर्न लागिएको हो ।

गाउँपालिकाले यसअघि पनि पटक पटक सूचना प्रकाशन गरी निवेदनको लागि आह्वान गरेको थियो । तर कुनैपनि कृषकले निवेदन पेश नगरेका कारण प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहलले पुनः सूचना जारी गर्दै निवेदनको लागि ताकेता गरेका हुन् ।

पालिकाले उच्च मुल्यका बाली प्रवद्धन कार्यक्रम अन्तर्गत,अदुवा अलैँची र कफी उपलब्ध गराउने छ । त्यस्तै नयाँ प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत गड्यौले मल,बोकासे मल र कम्पोष्ट मल,फलफूल खेती प्रवद्धन कार्यक्रम अन्तर्गत ड्राईगन फ्रुट,भुईँकटहर,किवी कागती,एभोकाडो,सुन्तला र रैथानी बाली प्रवद्धन कार्यक्रम अन्तर्गत घैयाधान,गहत,कोदो र सिस्नु पनि ५० अनुदानमा वितरण गर्ने भएको छ ।

त्यस्तै पालिकाले माहुरी विकास कार्यक्रमलाई पनि प्राथमिकतामा परेको छ । बुधबारको मितिले सात दिनभित्र गाउँपालिकाको कृषि शाखामा निवेदन सहित सम्पर्क गर्न प्रमुख प्रशासकिय अधिकृत दाहलले सूचना मार्फत आग्रह गरेको छन् ।

8100
Shares

ट्रेन्डिङ