सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • पनौतीले कुल ८ सय ६ वटा भैसी किसानलाई वितरण गर्यो, यस आ.ब मा ५ सय ६ वटा वितरण

पनौतीले कुल ८ सय ६ वटा भैसी किसानलाई वितरण गर्यो, यस आ.ब मा ५ सय ६ वटा वितरण

6175
Shares
पनौतीले कुल ८ सय ६ वटा भैसी किसानलाई वितरण गर्यो, यस आ.ब मा ५ सय ६ वटा वितरण

काभ्रे जिल्लाको पहिलो भैसी वितरण गर्ने नगर पनौतीले व्यवसायिक रुपमा पशुपालन गर्ने किसानहरुको आयस्तरमा वृद्धि गर्न लागत साझेदारीमा उन्नत जातका भैसीको पाडि वितरण, यो आर्थीक वर्षको वितरण समापन गरेको छ ।

नगरपालीका वडा नं. ९मा आज पाडि वितरण यस आ.वको वितरणको अन्य गरेको हो । पनौती नगरले आय स्तर कम भएका, एकल महिला र जनजातीहरुलाई कुल ८ सय ६ वटा पाडी बितरण गरेको हो । पनौतीले आ. ब ०७५(०७६ बाट सुरु गरेको पाडी बितरणले पशु पालक किसानमा पशुपालनमा उलास जागेको छ ।

नगरपालीकाले कृषि र पशुपालनमा नगरका किसानहरुलाई व्यवसायिक बनाउन र किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यसहित यो कार्यक्रमको सुरुवात गरेको दाबी छ । दूधमा काभ्रे जिल्ला आत्मा आत्मनिर्भर बनिसकेको र पनौती नगरपालीकालाई पनी दुधमा आत्मानिर्भर र भैसिको हब बनाउनको लागी यस कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । नगरपालिकामा पशुपालनलाई प्राथमिकताका साथ अगाडि बढाउन भैसी वितरणको सुरु गरिएका हो । यहि आर्थिक बर्षमा नगरका किसानका लागि ५सय ६ वटा उन्नत जातका पाडि बितरण गरेको हो ।

नगरले आउने आ.बको लागी उन्नत जातका बाख्रा, बोयर बोका, मुर्रा जातको रांगा र उन्नत जातका गाई वितरण गर्ने योजना रहेको नगरले जानकारी दिएको छ ।नगरले लागत साझेदारीमा वितरण गरिएको सबै भैसीको बिमासमेत पनी गरी दिएको छ । नगरपालिकाले कृषि र पशुपालन क्षेत्रको विकासका लागि विगतकादेखि नै कार्य गर्दै आएको र त्यसैको निरन्तरतास्वरुप यस बर्षदेखि उन्नत जातका विभिन्न पशुहरु वितरण गर्ने योजना नगरको रहेको छ ।

लागत साझेदारीमा वितरण गरीएका भैसीमध्ये सबैभन्दा पहिला सुत्केरी हुने भैसीपालक किसानलाई १० हजार रुपैयाँ नगरपालीकाले दिदै आएको छ । छुट भएका किसानका लागि आगामी बर्षको कार्यक्रममा समेटिने नगरको योजना रहेको छ । वडा वडामा आवेदन दिएका मध्ये छनोटमा परी लागत साझेदारीमा भैसी प्राप्त गर्ने किसानहे उक्त भैसि बेच्न नपाउने नगरको कार्ययोजनामा उल्लेखित छ ।नगरपालीकाले यस बर्ष देखि नगरपालीका भित्र रांगा, बोका, कुखुरा पालक किसानहरुका लागी प्रतेक वडामा मासुको हब बजार समेत सुरु गर्ने कार्ययोजना समेत रहेको नगरले जनाएको छ ।

नगरपालिकाले भैसी वितरण कार्यक्रमका लागि नगरपालिकाबाट २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । भने संघीय सरकारबाट पनि २२ लाख रुपैयाँ प्राप्त गरेको थियो । यस्तै प्रदेश सरकारबाट १० लाखरुपैयाँ प्राप्त गरेको थियो ।

यस आर्थिक बर्षमा वडा नं. १ का लागि ९५ , वडा नं. २ मा ८५, वडा नं. ३ मा ३५, वडा नं. ४ मा २५ , वडा नं. ५ मा २१ ,वडा नं. ६ मा १२, वडा नं. ७ मा ३, वडा नं. ८ मा २१, वडा नं. ९ मा ४७, वडा नं. १० मा ३९, वडा नं. ११ मा ५२ र वाडा नं. १२ मा ७१ गरी जम्मा ५ सय ५ जना पशुपालन किसानहरुलाई ५ सय ६ वटा उन्नत जातका भैसीका पाडि वितरण गरेको छ ।

 

 

 

6175
Shares

ट्रेन्डिङ