सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • तेमाल गाउँपालिकाद्धारा निति तथा कार्यक्रम सार्वजनिक, के–के छ प्राथकितामा ?

तेमाल गाउँपालिकाद्धारा निति तथा कार्यक्रम सार्वजनिक, के–के छ प्राथकितामा ?

8305
Shares
तेमाल गाउँपालिकाद्धारा निति तथा कार्यक्रम सार्वजनिक, के–के छ प्राथकितामा ?

काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाले आ.व. ०७८/ ७९ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले नवौँ गाउँसभा २०७८ को शुभारम्भ गदै आज निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको निति तथा कार्यक्रममा आर्थिक विकास तर्फ तेमालको पहिचान र आर्थिक स्रोतको मुहानको रुपमा रहेको बोधिचित्त मालाको खेती प्रबद्र्धनमा बिशेष जोड दिएको छ ।

त्यस्तै तेमालको पर्यटन विकास तर्फ तोमसोङ्ग कुण्ड, घेलुङ्ग पहरा नारायणस्थान मन्दिर लगायतका ऐतिहासिक एवं महत्वपूर्ण मठ मन्दिर गुम्बाहरुको संरक्षण तथा उपयोगीलाई सम्बन्धित क्षेत्रको आय आर्जनसँग अन्तरसम्बन्धित गर्ने निति लिएको गाउँपालिका अध्यक्ष सलाम सिँ तमाङले बताए ।

त्यसैगरि सामाजिक विकास तर्फ शैक्षिक निति तथा कार्यक्रम अन्तर्गत गुणस्तरीय शिक्षण सिकाईको वातावरण निर्माण गर्न सिबै सामुदायिक विद्यालयहरुमा विषयगत रुपमा शैक्षिक सामग्री व्यवस्थापनका लागि आवश्यक स्रोत गराउने पनि तेमल गाउँपालिकाले सार्वजनिक गरेको निति तथा कार्यक्रममा उललेख गरेको छ ।

कोभिड–१९ बाट संक्रमित व्यतिmको उपचारमा स्थानिय स्वास्थय संस्थाहरुसँग समन्वय गरि कोभिड–१९ पोजिटिभ भएका विरामीहरुका लागि कोभिड अस्पताल पोखरी नारायणस्थान तेमालमा निःशुल्क उपचार तथा खान बस्नको व्यबस्था गरिने पनि आज सार्वजनिक गरिएको निति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

तेमाल गाउँ पालिकाको आगमी आर्थिक वर्ष ०७८/७९ को बजेट भने आषढ १३ गते आईतबार विहान १० बजे पुनः बस्ने र गाउँसभाबाट सार्वजनिक हुने अध्यक्ष तामाङले जानकारी दिए । सभामा गाउँपलिकाका उपाध्यक्ष दुर्गा माया तामाङले स्वागत मन्तव्य राखेका थिए ।

8305
Shares

ट्रेन्डिङ