सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

8090
Shares
अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढि नगरपािलकाले अन्तरजातीय विवाह गर्ने २ जोडीलाई नगद सहित सम्मान गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी अन्तर जातीय विवाह गर्ने जोडीलाई सम्मान गरेको हो ।

चौतारा सागाचोकगढी नगरपालिकाको सहयोग र नगर स्तरीय दलित समन्वय समितिको आयोजनामा दलित, गैह्र दलित अन्तरघुलन तथा दलित सहिद परिवार सम्मान कार्यक्रमको बिच नगरपालिकाले २ जोडिलाई ५/५ हजार नगद सहित सम्मान गरेको हो ।

नगरप्रमुख अमान सिं तामाङले अन्तर जातीय विवाह गर्ने २ नवजोडी र ३ दलित सहिद परिवारलाई सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले जातिय विभेद सामाजिक अपराध रहेको र यसले सिङ्गो मानव सभ्यता लाई कलङ्गित बनाएको बताउनु भयो ।

8090
Shares

ट्रेन्डिङ