सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ‘सडक किनारामा सामान नराख्नु,अटेर गरे जफत गर्छौं’: पनौती नगरपालिका

‘सडक किनारामा सामान नराख्नु,अटेर गरे जफत गर्छौं’: पनौती नगरपालिका

7400
Shares
‘सडक किनारामा सामान नराख्नु,अटेर गरे जफत गर्छौं’: पनौती नगरपालिका

काभ्रेको पनौती नगरपालिकाले सडक किनारमा सामान नराख्न सबैलाई आग्रह गरेको छ । आज नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले एक सूचनामार्फत सडक किनारमा कुनै पनि प्रकारको सरसामान नराख्न आग्रह गर्नुभएको हो ।

नगरपालिकाले विभिन्न बहानामा कतिपय सडक कब्जा गरी उद्योग कलकारखाना चलाउने, निर्माण सामग्री थुपार्ने र पार्किङ गर्ने जस्ता कार्य भएको र यसले अत्यावश्यक साधनको आवत-जावतमा समस्या उत्पन्न भएको बताएको छ ।

नगरपालिकाले यसरी सडकमा अनावश्यक रुपमा सामान राख्दा समयमै उपचार नपाई अकालमा ज्यान समेत जान सक्नेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल सबै ठाउँका, सबै किसिमका सडक, ढल, नाला खुला राख्न र छत कौसीबाट निस्कने पानी सिधै सडकमा नझार्न नगरवासीलाई आग्रह गरेको छ ।

नगरपालिकाले अनुगमनका क्रममा सडक आसपास सामान राखेको पाए तत्कालै जफत गर्ने र अटेर गरे जरिवाना लगायतका का’रबाही गरिने वरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो ।

7400
Shares

ट्रेन्डिङ