सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काभ्रेको आमाछोरा हत्या प्रकरण: श्रीमती र छोराको हत्या गरेको श्रीमानले स्वीकारे

काभ्रेको आमाछोरा हत्या प्रकरण: श्रीमती र छोराको हत्या गरेको श्रीमानले स्वीकारे

58985
Shares
काभ्रेको आमाछोरा हत्या प्रकरण: श्रीमती र छोराको हत्या गरेको श्रीमानले स्वीकारे

काभ्रेको बनेपा नगरपालिका ११ सिनागालमा आमा छोराको हत्या भएको १४ दिन पछि हत्या आरोपी महिलाका श्रीमानले आमा छोराकै हत्या गरेको स्विकारेका छन् । प्रहरी निगरानीमा अस्पतालमा गराइरहेका उनलाई असार १३ गते डिस्चार्ज गरिएको थियो ।

डिस्चार्जसँगै प्रहरी हिरासतमा रहेका उनले आमा छोराकै हत्या आफुले गरेको स्विकारेका हुन् । पाँचखाल नगरपालिका घर भई बनेपा ११ मा डेरामा बस्ने ३० बर्षिया मनिषा कार्की घिमिरे (उपाध्याय) र उनको ६ बर्षिय छोरा युवान घिमिरेको रहस्यम मृत्युमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले जानकारी दिए ।

हत्या गरिएको २४ घण्टासम्म शव ब्यवस्थापन गर्न, घटना लुकाउन र आफु पनि फरार हुन अनेकन प्रयास गरेको तर नसके पछि घटनाका बारेमा सार्वजनिक भएको घिमिरेले प्रहरीलाई बयानमा भनेका छन् ।

बनेपा नगरपालिका वडा नम्वर ११ सिनागाल स्थित बानियाँ टोलमा १० महिना अघि डेरा सरेका कमलले असार २ गते मनिषा र युवानको हत्या गरेका थिए । हत्याका बारेमा अझै थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

58985
Shares

ट्रेन्डिङ