सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बीपी राजमार्ग अवरुद्ध: ३ वटा सवारीसाधन पुरिए,पर्खाल खसेर ३ घर जोखिममा

बीपी राजमार्ग अवरुद्ध: ३ वटा सवारीसाधन पुरिए,पर्खाल खसेर ३ घर जोखिममा

7860
Shares
बीपी राजमार्ग अवरुद्ध: ३ वटा सवारीसाधन पुरिए,पर्खाल खसेर ३ घर जोखिममा

काभ्रे: निरन्तर वर्षाको कारण काभ्रेको रोशी गा.पा १२ मा पर्ने बीपी राजमार्गमा ३ वटा सबारी साधन पुरीएको छ । रोशी खोलामा आएको लेदो सहितको पानीले बीपी राजमार्ग अबरोध भएको हो ।

बीपी राजमार्ग हुदै हुँदै पूर्वतर्फ लागेका र काठमाडौं आउँदै गरेका सवारीसधान राजमार्गमा नै अड्किएका छन् । काठमाडौ तर्फ आउँदै गरेका तीनवटा स्र्कपियो लेदोमा अड्किएका कारण पुरिएका जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीले जानकारी दिएका छन् ।

उक्त सवारीसाधनमा रहेका यात्रु भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । रोशी गाउँपालिका अध्यक्ष दलबहादुर (डीबी) लामाले अवरोध हटाउन सुरु गरिए पनि निरन्तरको वर्षा र खोलाको सतह बढेको कारण तत्काल सम्भव नभएको उनले बताए ।

त्यस्तै नमोबुद्ध–५, लास्कोटमा रहेको क्रसर उद्योगबाट आएको लेदोले पनि राजमार्गमा अवरोध गरे पनि खुलाइएको छ । धुलिखेल–११, फस्कोटमा घर पछाडिको पर्खाल खसेर ३ घर जोखिममा परेपछि धुलिखेलस्थित कालिजंग गणका सेना र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको डीएसपी खतिवडाले जानकारी दिए ।

7860
Shares

ट्रेन्डिङ