सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बसभित्रै सुत्केरी भएकी आमा र बच्चाको उद्धार गरी धुलिखेल अस्पताल भर्ना

बसभित्रै सुत्केरी भएकी आमा र बच्चाको उद्धार गरी धुलिखेल अस्पताल भर्ना

50825
Shares
बसभित्रै सुत्केरी भएकी आमा र बच्चाको उद्धार गरी धुलिखेल अस्पताल भर्ना

बीपी राजमार्गमा अवरूद्ध भएपछि बसभित्रै सुत्केरी भएकी आमा र बच्चालाई प्रहरीले उद्धार गरी धुलिखेल अस्पताल भर्ना गरेको छ । आज काभ्रेको जिल्ला रोशी गाउँपालिका वडा ११ माम्ती खोलामा बाढी पहिरो आए बीपी राजमार्ग सडक खण्ड अबरोध हुँदा सिन्धुलीबाट भाडाको बसमा धुलिखेलतर्फ आउँदै गरेको एक गर्भवती महिला बसभित्रै सुत्केरी हुनुभएको थियो ।

नवजात शिशु र आमालाई प्रहरीले उद्धार गरी धुलिखेल अस्पतालमा भर्ना गरेको डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार धुलिखेल अस्पतालमा ‘एकद्धार संकट व्यबस्थापन केन्द्र” द्धारा नि:शुल्क उपचारको व्यवस्था मिलाईएको छ ।

हाल आमा र शिशु दुबैको अवस्था सामान्य रहेको छ ।खोटाङ घर भएकी २१ बर्षिया आशा राईले लामो समय सडक अवरुद्ध हुँदा बसभित्रै बच्चा जन्माएको बताईएको छ ।

50825
Shares

ट्रेन्डिङ