सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विपदबाट घरबार गुमाउने प्रतिपरिवारलाई सरकारले ५० हजार दिने

विपदबाट घरबार गुमाउने प्रतिपरिवारलाई सरकारले ५० हजार दिने

5170
Shares
विपदबाट घरबार गुमाउने प्रतिपरिवारलाई सरकारले ५० हजार दिने

काठमाडौं : सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरूको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजारका दरले उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।

राष्ट्रियसभाको आइतबारको बैठकमा समसामयिक विषयमा जानकारी दिदैँ गृहमन्त्री विष्णु पौडेलले तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरूबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन्।

यस वर्षको मनसुन सुरु भए यता मुलुकका विभिन्न स्थानमा मनसुनजन्य विपद्का कारण पुगेको क्षतिबारे सभालाई जानकारी गराउँदै सरकारले तत्काल उद्धार, राहत र पुन : स्थापनाका लागि सरोकारवालाहरूसँग समन्वय गरि आवश्यक निर्देशन गरेको पनि बताए।

यस वर्षको मनसुन विपद्का कारण क्षति भएका सम्पूर्ण निजी आवासहरूको समेत विपद् प्रभावित निजी आवास पुनर्निमाण तथा पुर्नस्थापना अनुदान कार्यविधि २०७७ बमोजिम पुनर्निमाण गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

उनले भने, ‘यस वर्षको मनसुनजन्य विपदबाट २०७८ असार १६ गते सम्म विभिन्न जिल्लामा आंशिक तथा पूर्ण क्षति भएका ५ सय ७२ घर परिवारका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरूबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।’

सबै प्रदेशमा बाढी तथा पहिरोको लागत संकलन गर्ने कार्य जारी रहेको तथा घरवास गुमाएका परिवारलाई उपलब्ध गराउने सहयोगलाई पनि सरकारले निरन्तरता दिने मन्त्री पौडेलले बताए।

उनले गत वर्षको मनसुनबाट क्षति भएका विभिन्न जिल्लाका ३ हजार ९ सय ४९ परिवारहरूलाई पहिलो किस्तावापत प्रतिपरिवार ५० हजार रुपैयाँका दरले १९ करोड ९७ लाख अनुदान प्रदान गरि पुनर्निमाणको काम सुरु गरिएको पनि स्पष्ट पारे।

उनले भने, ‘मनसुनजन्य विपदबाट घरबार विहिन भएकाको निजी आवास पुन : निर्माणको लागि विपद् प्रभावित निजी आवास पुनर्निमाण तथा पुन :स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम मनसुनजन्य विपद्का कारण घरबार गुमाएकालाई घर पुनर्निमाण गर्न अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ।

5170
Shares

ट्रेन्डिङ