सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ट्रकले दुई स्कुटरलाई एकैपटक ठक्कर दियो, घटनास्थलमै महिलाको मृत्यु

ट्रकले दुई स्कुटरलाई एकैपटक ठक्कर दियो, घटनास्थलमै महिलाको मृत्यु

45585
Shares
ट्रकले दुई स्कुटरलाई एकैपटक ठक्कर दियो, घटनास्थलमै महिलाको मृत्यु

चितवन : चितवनमा एक ट्रकले दुई वटा स्कुटरलाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमा नै मृत्यु भएको छ।

आज करिब ३ बजेको समयमा भरतपुर महानगरपालिका–१ आँपटारीस्थित पानी ट्याङकी ओरालोमा नारायणगढबाट लम्जुङतर्फ गइरहेको ग१ख ९७५६ नम्बरको (फलाम बोकेको) ट्रकले विपरीत दिशाबाट आइरहेको प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा बागमती प्रदेश३–००३ प ३५४३ नम्बर स्कुटरमा सवार एक महिलाको घटनास्थलमा नै मृत्यु भएको हो।

दुर्घटनामा मृत्यु हुने महिला स्कुटर पछाडि सवार तनहुँ देवघाट गाउँपालिका–१ बस्ने अन्दाजी ४२ वर्षीय चिनीमाया पौडेलको भएकी जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए। महिलाको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल भरतपुरमा ल्याइएको छ।

स्कुटर चालक भरतपुर–११ बस्ने ३५ वर्षीय पुष्पराज बास्तोलाको भने पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर छ। त्यस्तै प्रदेश २–०३–००७ प ७१९६ नम्बरको अर्क‍ा स्कुटर चालक तनहुँ देवघाट गाउँपालिका–५ बस्ने ३० वर्षका तिलबहादुर गुरुङ र पछाडि सवार सोही ठाउँका ३५ वर्षकी सिरु गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए। उनीहरुको अवस्था भने सामान्य छ।

45585
Shares

ट्रेन्डिङ