सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • लम्बिएको निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ?

लम्बिएको निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ?

8055
Shares
लम्बिएको निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं, २० असार : सरकारले काठमाडौँ उपत्यकामा पुनः एक साता निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौँका अनुसार कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि असार २२ देखि लागू हुने निषेधाज्ञा असार ३१ सम्म जारी रहनेछ ।

लम्बिएको यो निषेधाज्ञामा के गर्न पाइन्छ, के गर्न पाइँदैन हेर्नुहोस् :

गर्न नपाइने कार्यहरू :
१) सबै प्रकारका रात्रीमनोरन्जन क्षेत्रहरू जस्तै दोहोरी, डान्सबार, क्लब लगायत सैलुन, ब्युटी पार्लर, चिडियाखाना, दर्शकसहितको खेलकुद र मानिसहरुको भीडभाड हुने अन्य कार्यक्रम संचालन गर्न गराउन नपाउने ।

२) खुला स्थानमा मानिसहरू भेला हुन नपाउने, सभा, जुलुस भोज भतेर गराउन गर्न नपाउने ।

३) विवाह, ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने साँस्कृतिक कार्यहरू होटल तथा पार्टी प्यालेसमा गर्न गराउन नपाउने ।

४) शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर) भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने ।

५) स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न नपाउने ।

संचालन गर्न सकिने कार्यहरू :
१) औषधि तथा स्वासथ्य सामाग्री जुनसुकै समय स्वास्थ्य मापदण्ड अपनाएर जुनसुकै समय संचालन गर्न पाउने ।

२) अत्यावश्यक वस्तुहरुको अनलाइन अर्डर तथा टेक अवे वा होम डेलीभरी प्रयोजनका लागी उपत्यकाभित्र साँझ ७ बजेसम्म पाइने ।

३) बाहिर निस्किदाँ भौतिक दुरी कम्तिमा पनि २ मिटर कायम गर्नुपर्ने ।

४) सार्वजनिक सवारि साधनको हकमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने । सबैले मास्क अनिवार्य लाउनुपर्ने । सवारि साधनले स्यानीटाइजरको व्यवस्था गरिपदनुपर्ने ।

५) परीक्षाको हकमा भने एउटै हलमा २५ जना भन्दा बढी राख्न नपाइने ।

 

8055
Shares

ट्रेन्डिङ