सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ९ दिनदेखि बेपत्ता युवतीको शव भेटियो

९ दिनदेखि बेपत्ता युवतीको शव भेटियो

5105
Shares
९ दिनदेखि बेपत्ता युवतीको शव भेटियो

चितवनबाट ९ दिनदेखि बेपत्ता सुजता भण्डारीको शव भेटिएको छ । आइतबार अपरान्ह शव भेटिए पनि साँझ परिवारले पहिचान गरेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।

भण्डारीको अपरहण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन् । घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो ।

प्राविधिक विश्लेषणका क्रममा युवतीले भनेभन्दा फरक स्थानमा उनको लोकेशन देखिएपछि प्रहरीले उनी अपहरित नभएको हुनसक्ने आशंका गरेको थियो । उनी बेपत्ता भएपछि फिराैति वा अन्य कुनै माग राखेर कसैले सम्पर्क पनि गरेको थिएन ।

प्रहरीले भण्डारीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), एसएमएस, म्यासेन्जरलगायतका सामग्री विश्लेषण गरे पनि कुनै सुराक भेटिएको थिएन । केही महिनाअघिसम्म एक युवकसँग सम्पर्क भएको देखिएपनि पछिल्लो समय कुनै कनेक्सन भेटिएको थिएन ।

तर आइतबार उनको शव भेटिएपछि घटनाले नयाँ मोड लिएको छ । चितवनका एसपी अधिकारीका अनुसार हाल शवलाई घटनास्थलमै राखिएको छ । ‘अहिलेलाई घटनास्थल शिल गरेका छौं, भोलि तालिम प्राप्त कुकुर र फरेन्सिक डाक्टर ल्याएर थप अनुसन्धान अघि बढाउनेछौं’ उनले भने । प्रहरीका अनुसार शव पानीले बगाएर ल्याएर लामो समयदेखि अड्काएको जस्तो देखिएको छ ।

5105
Shares

ट्रेन्डिङ