सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आजको मौसम : यी प्रदेशमा भीषण वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा भीषण वर्षाको सम्भावना

3670
Shares
आजको मौसम : यी प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं : मनसुनी वायुको प्रभाव र दक्षिणी भू-भाग नजिक मनसुनी न्यून चापीय रेखाका कारण देशका अधिकांश भू-भागहरूमा मौसम बदली रहेको छ।

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती प्रदेशका पहाडी भू-भागमा पहिरोको जोखिम रहेको साथै नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकीका केही स्थान र लुम्बिनी प्रदेश, कर्णाली तथा सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ।

राति देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

3670
Shares

ट्रेन्डिङ