सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • जीप दुर्घटना: ३ जनाकाे घटनास्थलमै मृत्यु, ११ जना घाइते

जीप दुर्घटना: ३ जनाकाे घटनास्थलमै मृत्यु, ११ जना घाइते

4305
Shares
जीप दुर्घटना: ३ जनाकाे घटनास्थलमै मृत्यु, ११ जना घाइते

वैतडीको लगनमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सिगास गाउँपालिका– ३ बाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नम्बरको जीप लगनमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा अरु ११ जना घाइते भएका छन् ।

मृत्युहुनेमा सिगास– ३ का ४५ वर्षीय जयसिंह धामी, सोही बर्षका मानसिंह साउँद र ६४ वर्षीय रामसिंह धामी रहेका छन् । उनीहरु तीनैजनाको घटनास्थमै मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

उनका अनुसार घाइतेहुनेहरुमा सिगास– ३ का २९ वर्षीय करनसिंह धामी, ४५ वर्षीय दलवीर साउँद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया वासमती धामी, ४० वर्षीय शेरबहादुर धामी र २० वर्षीय रवीन्द्र धामी सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

जीपका चालक १९ वर्षीय खगेन्द्र साउँद र जीप धनि ४४ वर्षीय हरिभान साउँद दुर्घटना पछि फरार रहेको पनि प्रहरीले जनाएको छ । सोह्र जना सवार जीप सडकबाट करीब ५० मिटर तल खसेको र दुर्घटनाका कारण खुल्न सकेको छैन ।

4305
Shares

ट्रेन्डिङ