सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • रोशी गाउँपालिकाले गर्यो उत्कृष्ट कृषकलाई पुरस्कृत

रोशी गाउँपालिकाले गर्यो उत्कृष्ट कृषकलाई पुरस्कृत

5275
Shares
रोशी गाउँपालिकाले गर्यो उत्कृष्ट कृषकलाई पुरस्कृत

काभ्रे : रोशी गाउँपालिकाले पशुपालन तर्फको उत्कृष्ट कृषक पुरस्कार पिताम्बर गौतमलाई प्रदान गरेको छ । नवौँ गाउँसभाको अवसरमा रोशी ७ का गौतमलाई सो पुरस्कार प्रदान गरिएको हो । १९ वटा गाई भैसी पालन गरी दूध उत्पादनको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याए बापत पुरस्कार प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले जानकारी दिए ।

गाउँपालिकाले चालु आ.व. २०७७- ०७८ को नीतिमा उल्लेखित “जसको मन उसैलाई संरक्षण” कार्यक्रम अनुरुप गाउँपालिका भरिका सबैभन्दा धेरै गाई भैसी पालन गरेका कृषकहरुलाई छनौट गरी पुरस्कार तथा सम्मान व्यक्त गरिएको उनले जानकारी दिए । त्यसैगरी पुरस्कृत हुने कृषकहरुमा वडा नं. २ का मिम बहादुर लामा पनि रहेका छन् । उनले १२ वटा गाई भैसी पालन भन्दै उत्कृष्ट कृषक पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

त्यसैगरी बाख्रापालन तर्फ रोशी ११ का विशाल लामा र वडा नं. १२ का कृषक दिलकुमार रायमाझीले ६५÷६५ वटा बाख्रा पालन गरेका छन् । वडा नं. ६ का सिंहध्वज लामा र वडा नं १२ का टेक कुमारी रायक्षेत्री लगायतका सबै उत्कृष्ट कृषकलाई जनही रु ३०÷३० हजार सहित सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत दाहालले जानकारी दिए ।

5275
Shares

ट्रेन्डिङ