सबैको समाचार
आइतवार, साउन १०, २०७८
  • होमपेज
  • ‘वातावरणमैत्री नमोबुद्ध’का लागि सडकछेउ वृक्षारोपण

‘वातावरणमैत्री नमोबुद्ध’का लागि सडकछेउ वृक्षारोपण

‘वातावरणमैत्री नमोबुद्ध’का लागि सडकछेउ वृक्षारोपण

काभ्रे : विपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिकाको भकुण्डे बजारमा सडकको दायाँवायाँ वृक्षारोपण सुरु गरिएको छ ।वातावरणमैत्री नमोबुद्ध नगर बनाउने अभियानअन्तर्गत डिभिजन वन कार्यालय काभ्रेसँगको सहकार्यमा बजार क्षेत्रमा सडकको दायावायाँ अशोकाका बिरुवा रोप्न थालिएको छ ।

आइतबार आयोजित कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले वृक्षारोपण कार्यको सुरुवात गरे । आफूहरु निर्वाचित भएदेखि नै वातावरणमैत्री नगरपालिका बनाउने प्रतिवद्धताअनुसार काम गरिरहेको र त्यसैको निरन्तरतास्वरुप सडकको दुबैतर्फ वृक्षारोपण थालिएको तिमल्सिनाले बताए ।

उनले वातावरणमैत्री नमोबुद्ध बनाउने अभियानमा साथ दिएकोमा डिभिजन वन कार्यालय काभ्रेलाई धन्यवादसमेत दिए । नगरपालिकाले सबै वडामा एक वडा एक चौतारो तथा एक वडा एक पोखरी निर्माणको कार्यलाई अभियानकै रुपमा सञ्चालन गरेको उनले बताए । उनले वन कार्यालयको सहयोगमा रोपिएका बिरुवा संरक्षणको जिम्मा नगरपालिकाले लिने पनि बताएका थिए ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, डिभिजन वन कार्यालय काभ्रेका डिभिजनल वन अधिकृत देवीचन्द्र पोखरेल, नेपाली कांग्रेसका नमोबुद्ध नगर सभापति कुन्साङ लामा लगायतले वृक्षारोपण गरेका थिए । कार्यक्रममा डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत पोखरलेलले वन तथा वातावरण मन्त्रालयले देशव्यापीरुपमै जंगलमा वृक्षारोपणका साथै अहिले नगरक्षेत्र, ऐलानी तथा पर्ति जग्गामा अभियानकै रुपमा वृक्षारोपण गर्ने तथा उद्यान बनाउने कार्यलाई अघि बढाएको बताए ।

शहरी क्षेत्रमा वृक्षारोपण गर्दा नगरको सौन्दर्यतामा वृद्धि हुनुका साथै फोहोरमैलाको नियनत्रणमा समेत टेवा पुग्ने उनले बताए । यस्तै डिभिजन वन कार्यालय काभ्रेका सहायक वन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले वन कार्यालय र नगरपालिकाको सहकार्यमा रोपिएका बिरुवाको सरक्षणको दायित्व नगरपालिका तथा नगरबासीको भएको बताए ।

नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेका अनुसार डिभिजन वन कार्यालयको १२ लाख रुपैयाँ आर्थिक सहयोगमा रोपिएका बिरुवा जोगाउने ‘ट्रि गार्ड’सहित २ सय ५० वटा अशोकाका बिरुपमा रोपिनेछ ।

यसले वातावरणमैत्री नमोबुद्धको अभियान सफल बनाउन मद्दत पुग्ने काफ्लेले जानकारी दिए । डिभिजन वन कार्यालय काभ्रेकै सहयोगमा नमोबुद्ध नगरपालिका २ मा पारिजात पार्क तथा नमोबुद्ध नगरपालिका ८ मा वातावरणमैत्री चिल्ड्रेन पार्क निर्माण भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

error: Content is protected !!