सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जिल्ला प्रशासन कार्यालय काभ्रेको भवन अलपत्र, अरूको भवनमा सर्दा तामझाम

जिल्ला प्रशासन कार्यालय काभ्रेको भवन अलपत्र, अरूको भवनमा सर्दा तामझाम

10140
Shares
जिल्ला प्रशासन कार्यालय काभ्रेको भवन अलपत्र, अरूको भवनमा सर्दा तामझाम

काभ्रे : काभ्रेपालाञ्चोक जिल्लाको जिल्ला प्रशासन कार्यालयको भवन जिल्ला समन्वयको भवनमा सरेको छ । जनतालाई सुविधा दिने योजनाले प्रशासन कार्यलय भाडाको भवन बाट समन्वयको भवनमा सरेको हो ।

९ वर्ष सम्म पनी प्रशासनको आफ्नै भवन निर्माण हुन सकेको छैन । जिल्लाको अन्य निकायले गल्तिगरेमा कानुनि कठघरामा उभ्याउने अधिकार पाएको प्रशासन निकायले आफ्नो भवन भने ९ वर्ष हुदा समेत निर्माण सम्पन्न गर्न सकेको छैन । विगत ९ वर्ष देखि प्रशासन कार्यलय भाडामा बस्दै आएको थियो ।

जिल्ला प्रशासन भवन निर्माण नहुदा अहिले समन्वयको भवनमा बस्न वध्य छ । प्रशासन कार्यालय सञ्चालन गरेबापत पहिले पटक बसेको कार्यलय र सिडियो र सायक सिडियोको क्वाटरको मासीक ९७ हजार रुपैँया भाडा तिर्दै आएको थियो । तर २०७६ साल असोज ५ गते बाट नयाँ अर्को घरमा सरेको कार्यलय र घरको र सिडियोको क्वाटरको भाडा भने मासीक १ लाख ५१ हजार तिर्नु पर्ने जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

निर्माणधिन भवनमा ठेकेदारले ल्यएका विभिन्न चरणका निर्माण सामाग्रि तथा विभिन्न निकाय बाट शौचालयका सामाग्रि, सिमेन्ट तथा पाइपहरु भने भण्डारणका क्रममा यत्रतत्र अबस्थामा छरिएर र समय सिमा नाघेर पनि भण्डारन्मै बिग्रिएको अवस्थामा रहेको छ ।

२०६९ साल वैशाख १२ गते भवन निर्माणको लागी पहिलो पटक सम्झौता भएको थियो । सम्झोता अनुसार ४ करोड ३२ लाख ५ हजार १ सय १२ रुपैया ४८ पैसामा भ्यट बाहेक सम्झौता भएको थियो । तर पछि पटक पटक म्याद थप्दा २०७० साल साउन १२ गते म्याद थप्दा ढेड वर्षको लागी म्याद थपिएको थियो । ठेकेदारले काम भने समय अवधिमा सकेन्न । २०७१ पौष महिनामा सिधाउनु पर्ने सझौता रहेपनि ठेकेदारले लार्पवाही गरेका कारण समय सीमा भित्र भवन नबनेपछि भवनको काम रोकीएको थियो ।

प्रशासन कार्यलयको भवन निर्माण शुरु भए पछि जिल्लामा १३ जना सिडियो फेरीए तर भवन निर्माणमा चासो दिएता पनी निर्माण कम्पनी संगको मुद्धाका कारण अझै भवन सम्पन्न हुननसकेको हालका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

प्रशासन भवन निर्माण शुरु पस्चात जिल्लामा एक दर्जन भन्दा बढि सिडियो फेरीए तर भवन निर्माणमा भने सबैले चासो देखाएता पनी भवन निर्माणले भने पूर्णता पाउन सकेको छैन । सम्झौता भने २०७१ साल पौष महिना भित्र बनाउनु पर्ने रहेको थियो तर ०७२ सालको भुकम्पले काम सरेको थियो । भूकम्प पछि सिडियो कार्यलय र ठेकेदार बिच मुद्धा चलेकाले भवन निर्माणको काम सम्पन्न हुन नसकेको हो ।

२०७५ साल भाद्र १० गते सिडियो कार्यलयले ठेक्का तोडेको थियो । सोहि ठेक्का तोडिय पछाडि ०७५ साल भाद्र १८ गते सार्वजनिक अनुगमन खरिद बिक्रि कार्यलयले उत्त ठेकेदार पुरुषोतम मान्नधर ( जि.एम. कन्र्टक्सन गंगबु ) लाई कालो सुचिमा राख्न पठाएको छ । कालो सुचिमा परेपछि मान्नधरले २०७५ साल मंसिर ८ गते उच्च अदालत पाटनमा मुद्धा (मुद्धा द. नं. ०७५.धय.०१७३) दायर गरेका थिए । मुद्धा दायर भए पछि भवनको काम रोकिएको थियो । सोहि मद्धाको फैसल्ला मान्धरको पक्षमा हर्जना नतिर्ने गरी उच्च अदालतले फैसल्ला ग¥यो ।

कालो सुचिमा पर्दा जिल्ला प्रशासन काभ्रेले ४३ लाख २० हजार ५ सय हर्जना पनि भरी पाउँ भनि निवेदन पठाए पछि सो निर्णय र २०७५ साल भाद्र ५ गतेको ठेक्का तोडियो भन्ने निर्णय संग बदर हुन पुगेको थियो । सो निर्णय बदर पस्चात प्रशासन कार्यलयले मुद्धा दोह्र¥याई पाउँ भनि २०७५ साल चैत्र २१ गते सर्वच्च अदालतमा मुद्धा(मुद्धा द.नं. ०७५.च्क्ष्.३९१३) दर्ता गरीएको थियो ।

२०७५ साल चैत्र २४ गते सर्वच्च अदालतको पुर्णपाठ सहितको फैसल्ला आयो सो फैसल्ला अनुरुप र अदालतको अर्का पेशिको सुचना आयो पछि जिल्ला प्रशासन काभ्रेले भवन निर्माणको लागी पहल गर्ने प्रशासनले जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आफूले पनि भवनको अवस्था देख्दा नाजुक रहेको र अफिस कोठा समेत अपुग रहेको साथै भाडामा बस्न बाध्य भएको पोखरेलले बताए । पुरानो भाडाको घरमा बस्दा धेरै समस्याहरु रहेको थियो । जिल्ला प्रशासनको भवनको बारेमा म निकै गम्बिर सोच राखेको छु । म रहेन्जुल मुद्धा मामिला सकेर पुन रि टेण्डर गरेर भवनको काम अगाडि बढाउने उनले बताए ।

बन्न लागेको जिल्ला प्रशासनको भवनमा बाल इजालस, बाल मैत्री, अपाङ्ग मैत्री, प्रहरीको क्वाटर, क्यान्टिन, सुविधा सम्पन्न पार्किङ, सहित जिल्ला प्रशासनको कार्यालय राख्नका लागि ५ करोड २४ लाख ४ सयको प्राविधिक स्टमेट तयार परिएको थियो ।

जसमध्ये जिएम कन्ट्रक्सनले ४ करोड ३२ लाख ५ हजार १ सय १२ रुपैया ४८ पैसामा सम्झौता गरेको जिल्ला प्रशासनमा रेकर्ड फाइलमा रहेको छ । ठेकेदारले ३८ प्रतिशत काम गरेपनि अझै ६२ प्रतिशत काम बाँकी रहेको छ । कार्यलयको भवन नहुदा सेवाग्राहिहरुले सास्ती पाएका छन् । नयाँ स्थानमा सरेको जिल्ला प्रशासनले सेवाग्राहिहरुको लागी सेवा लिदा पहिला भन्दा अहिले धेरै सहज भएको बताउ छन् ।

10140
Shares

ट्रेन्डिङ