सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेका २ जना सहित काठमाडौंबाट १२ जुवाडे पक्राउ

काभ्रेका २ जना सहित काठमाडौंबाट १२ जुवाडे पक्राउ

7850
Shares
काभ्रेका २ जना सहित काठमाडौंबाट १२ जुवाडे पक्राउ

काठमाडौं, ६ साउन : काठमाडौंको भोटेबहालबाट लाखौँ नगदसहित १२ जुवाडेलाई प्र हरीले आज पक्राउ गरेको छ। स्थानीय दिनेशकुमार शेरचनको घरमा केही मानिसले हारजित हुने गरी अवैध रूपमा जुवातास खेलिरहेका छन् भन्ने सूचनाका आधारमा प्र हरीले खोजतलास गर्दा उनीहरूलाई प क्राउ गरिएको हो।

महानगरीय वृत्त कालीमाटीबाट खटिएको प्र हरी टोलीले घरधनी शेरचनसहित दोलखा चरिकोटका हरिशरण थापा, भारतको रक्सौल घर भई काठमाडौँ बस्ने राहुल गुप्ता, धादिङ गङ्गाजमुनाका सुमन अधिकारी, काभ्रेपलाञ्चोकका क्षेत्रबहादुर मोक्तान, काठमाडौँ शान्तिनगरका ज्योतिप्रकाश श्रेष्ठ, काठमाडौँ जैसीदेवलकी रञ्जना प्रधान, बागलुङकी सिर्जना खत्री, धादिङ मलेखुकी सरिता मल्ल गुरुङ, काभ्रेपलाञ्चोकका लक्ष्मी बानियाँ, झापा हल्दीबारीका चिना नेम्वाङ र भारत गुजरातका पुष्पा अलीलाई प क्राउ गरिएको छ।

उनीहरूका साथबाट तीन लाख नगद, तीन लाख ७० हजार रुपैयाँ बराबरको चेक र २१ बुक तास बरामद गरिएको महानगरीय प्र हरी परिसर काठमाडौँका प्रवक्ता प्र हरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिएका छन्‌।

7850
Shares

ट्रेन्डिङ