सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेबाट ११ जना जुवाडे पक्राउ, ७ लाख बरामद

काभ्रेबाट ११ जना जुवाडे पक्राउ, ७ लाख बरामद

42880
Shares
काभ्रेबाट ११ जना जुवाडे पक्राउ, ७ लाख बरामद

काभ्रे प्रहरीले ११ जना जुवाडे पक्राउ गरेको छ । उनीहरूको साथबाट नेपाली ७ लाख १५ हजार ३५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।

उनीहरूलाई बनेपा नगरपालिका वडा नम्बर १४ को खालचौर स्थित थोप्चेन तामाङको घरबाट पक्राउ गरिएको हो । अबैध रुपमा बाजि थापी पैसा हारजित हुने गरि जुवा तास खेली रहेका छन् भन्ने बिशेष सुचनाको आधारमा गएको प क्राउ गरिएको प्र हरीले जनाएको छ ।

प क्राउ पर्नेमा बनेपा नगरपालिका वडा नम्बर १० जनागालका २८ बर्षीय कृष्ण केसी, रोशी गाउँपालिका वडा नम्बर ३ साजाकोटका ३५ बर्षीय पाराङ लामा भन्ने खड्ग सिं लामा, बनेपा नगरपालिका वडा नम्बर ११ पाकु टोलका ४४ बर्षीय सुमन अधिकारी, बनेपा नगरपालिका वडा नम्बर १४ साँगाका ४० बर्षीय गणेश थापा रहेका छन् ।

बनेपा नगरपालिका वडा नम्बर ७ धनेश्वर का ४२ बर्षीय अनिल मुस्याजु, रोशी गाउँपालिका वडा नम्बर ३ शिखर आम्बोटेका ३४ वर्षीय हिरा लामा, रोशी गाउँपालिका वडा नम्बर १ घरभै बनेपा नगरपालिका वडा नम्बर ७ बस्ने ३७ बर्षीय चन्द्र लामा स्याङताङ रहेका छन् ।

रोशी गाउँपालिका वडा नम्बर ३ घर भै हाल बनेपा नगरपालिका वडा नम्बर ८ का ३५ बर्षीय थर्कमान लामा, बनेपा नगरपालिका वडा नम्बर ६ बस्दै आएका २६ बर्षीय किशोर अधिकारी, धुलिखेल नगरपालिका वडा नम्बर १० सारदाबतासेका ३४ बर्षीय छिरिङ लामा र भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ९ का ३४ बर्षीय दिपक बस्नेत रहेका छन् ।

घरको अण्डर ग्राउण्डको कोठामा तास लेखिरहेको उनीहरूलाई प क्राउ गरिएको हो । प क्राउ परेकाहरूलाई ‘मुलुकी फौजदारी संहिता,२०७४’ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अ नुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीले तास नखोलेको ३ बट्टा, खोलेको ११ बुक र तन्ना १ थान पनि बराबद गरिएको प्र हरीले जनाएको छ ।

42880
Shares

ट्रेन्डिङ