सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पहिरोले जिप पुरिंदा चालकको मृत्यु

पहिरोले जिप पुरिंदा चालकको मृत्यु

3610
Shares
पहिरोले जिप पुरिंदा चालकको मृत्यु

बुटवल : सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा पहिरोले जिप पुर्दा एक जनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको जिप पाल्पाको तिनाउ गाउँपालिका दोभान नजिकै हेडवर्क्समा माथिबाट खसेको पहिरोले पुरिंदा चालक २२ वर्षका आशिष खाँण ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ ७ बजेतिर भएको दुर्घटनमा अन्य दुईजना सामान्य घाइते भएका लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइते र शबलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ ।

3610
Shares

ट्रेन्डिङ