सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेको दोलालघाट पुल उच्च जोखिममा

काभ्रेको दोलालघाट पुल उच्च जोखिममा

72475
Shares
काभ्रेको दोलालघाट पुल उच्च जोखिममा

काभ्रे : इन्द्रावती नदीमा आएको बाढीले दोलालघाटको पक्की पुल समेत उच्च जोखिममा परेको छ । असार १ गतेको बाढीमै जोखिममा रहेको पुल अस्ति देखिको निरन्तरको बाढी उच्च जोखिममा परेको हो ।

२०२३ सालमा नेपाल सरकार र चीन सरकारले सरकारको संयुक्त लगानीमा बनेपाको पक्की पुल मर्मत सम्भार समेत नहुँदा जीर्ण बन्दै गएको थियो । बाढीका कारण थप जोखिममा पुल परेको हो ।

पुलको माथिल्लो निकै भागसम्म नै लेदो माटो जमेको छ । हेलम्बुको भ्रेमाथाङबाट निरन्तर खसिरहेको पहिरोले पुललाई धक्का दिँदै आएको छ ।

यो पुल क्षति भए सिन्धुपाल्चोकको सदरमुकाम चौतारा क्षेत्र, बाह्रबिसे हुँदै नेपाल-चीन सिमाना तातोपानी, दोलखा र रामेछाप जिल्लाका सर्वसाधारण समेत समस्यामा पर्ने छन् ।

72475
Shares

ट्रेन्डिङ