सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • धुलिखेलको पात्लेखेतमा ५ वर्ष बित्दा पनि किन बनेन भ्युटावर ? (भिडियो सहित )

धुलिखेलको पात्लेखेतमा ५ वर्ष बित्दा पनि किन बनेन भ्युटावर ? (भिडियो सहित )

10520
Shares
धुलिखेलको पात्लेखेतमा ५ वर्ष बित्दा पनि किन बनेन भ्युटावर ? (भिडियो सहित )

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११, पात्लेखेतमा भ्यूटावर बनाउन सुरु गरेको ५ वर्ष बितिसक्दा पनि अझै निर्माण पुरा हुन सकेको छैन् । बजेट अभावको कारण देखाउदै निर्माणमा ढिलाई भैरहेको स्थानीयहरूले बताउने गरेका छन् ।

यो भ्यूटावर निर्माणका लागि पर्यटन बोर्डले २०७०–०७१ मा १० लाख र २०७३–०७४ मा १० लाख गरी जम्मा २० लाख रूपैयाँ निकासा गरेको थियो । उक्त रकम बाट २ तल्ले भ्युटावरको निर्माण सुरु गरे पनी पात्लेखेत होमस्टका समुदायले अर्को तल्लो पनि माग गरेपछि निर्माण ढिलाई भएको निर्माण पक्षको भनाई छ ।

पात्लेखेत सामुदायिक होमस्टे दृश्य अवलोकन केन्द्र पात्लेखेत नामाकरण गरिएको उक्त भ्युटावर हाल बजेट निकासा नहुदाँ अलपत्र परेको छ । टावरको डिपिआर २ तल्ले मात्रै रसेपनि स्थानीयको मागले पुनः एक तल्ला थप गरी निर्माण गर्न परेको र कोरोना भाइरसको महामारीको विषम परिस्थितीमा पर्याटन बोडले समेत चासो नदिदा भ्यूटावर निर्माण अन्योलमा परेको हो ।

टावर निर्माण सम्पन्न गर्न सुरु भएको ५ वर्ष वित्दा पनी स्थानीय तह र अन्य सरोकारवाला निकायले समेत उचित ध्यान दिएका छैन् । यस आर्थिक वर्षमा भने पात्लेखेत सामुदायिक होमस्टका सञ्चालकहरुले नगरपालिकामा माग गरेको होमस्टे एसोसिएसन नेपाल (होसान) एंव पात्लेखेत सामुदायिक होमस्टेका अध्यक्ष, केशव बडालले बताउनुभयो ।

टावर निर्माण समयमै नसकिदा आफुहरू निकै सास्ती खेप्नु परेको स्थानीय इन्दिरा प्याकुरेल बताउनुभयो । टावरको कारण दैनिक घाँस दाउरा गर्न कठिन भएको र बरखाको बेला पहिरो आएर घरमा क्षति पुर्याउने चिन्ताले सताई रहने प्याकुरेलको भनाई छ ।
हेर्नुहोस् भिडियो :

10520
Shares

ट्रेन्डिङ