सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा फेरी कोरोना भाईरस भुसको आगो जस्तै सल्किदै !

काभ्रेमा फेरी कोरोना भाईरस भुसको आगो जस्तै सल्किदै !

4280
Shares
काभ्रेमा फेरी कोरोना भाईरस भुसको आगो जस्तै सल्किदै !

काभ्रेमा कोरोना भाईरसको संक्रमण भुसको आगो सल्किए जस्तै नपत्याउँदो ढंगले भित्रभित्रै फेरी ह्वात्तै बढेको छ । जिल्लाको १३ स्थानीयतह मध्ये खानीखोला गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा सक्रिय संक्रमित छन् ।

जिल्लामा असार ११ गतेदेखि २६ गतेसम्म कोरोना भाइरस सक्रिय सं क्रमितको संख्या ५ सय मुनि थियो । तर अहिले त्यो संख्या बढेको छ । जिल्लामा कोरोना भाइरसको दोस्रो लहर फैलिए यता असार १४ गते सबैभन्दा कम ३६७ जना सक्रिय सं क्रमित थिए । असार २६ गतेदेखि यता सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले दैनिक सार्वजनिक गर्ने कोरोना संक्रमितको विवरण अनुसार हिजो साँझसम्म सक्रिय सं क्रमितको संख्या ८५६ पुगिसकेको छ । हुन त निको हुने र थपिनेको संख्या दैनिक फेर बदल भैरहन्छ । तर अनौठो ढंगले पछिल्लो केहिदिन यता सं क्रमण जिल्लामा बढीरहेको छ ।

जिल्लाको ६ वटा नगरपालिका मध्य सबैभन्दा बढी चार वटा नगरपालिका प्रभावित भनेका छन् । १९८ जना सक्रिय सं क्रमित सहित बनेपा नगरपालिका पहिलो स्थानमा छ । त्यस्तै १८० सक्रिय संक्रमित संख्या सहित पनौती नगरपालिका दोस्रो स्थानमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

१६७ जना सक्रिय संक्रमित सहित धुलिखेल नगरपालिका तेस्रो स्थानमा रहँदा १३९ जना सक्रिय संक्रमित संख्या सहित पाँचखाल नगरपालिका चौथो स्थानमा रहेको छ । नमोबुद्ध नगरपालिकामा ६१ जना मण्डनदेउपुर नगरपालिकामा ३८ जना सक्रिय संक्रमित छन् ।

सातवटा गाउँपालिका मध्ये सबैभन्दा धेरै रोशी गाउँपालिकामा २४ जना सक्रिय सक्रिय सं क्रमित छन् । भुम्लु गाउँपालिका २२ जना, बेथानचोक गाउँपालिकामा ११ जना, तेमाल गाउँपालिकामा १० जना सक्रिय सं क्रमित छन् ।

चौरीदेराली गाउँपालिका र महाभारत गाउँपालिकामा ३/३ जना सक्रिय सं क्रमित रहेका छन् । हिजोको वितरण अनुसार खानीखोला गाउँपालिकामा एकजना पनि सक्रिय सं क्रमित छैन् ।

अहिले जिल्लाको अधिकांश गाउँपालिकामा सडक यातायात राम्रोसंग चलेका छैनन् । जसका कारण परीक्षण पर्याप्त हुन सकेको छैन । अहिले धेरै सं क्रमण देखिएको नगरपालिकाहरूले पनि समुदाय स्तरमै पुगेर कोरोना भाईरसको परीक्षण निकै कमैले मात्रै गरेका छन् ।

जिल्लामा यति धेरै सं क्रमण बढ्दा पनि सरोकारवाला निकायले खासै चासो दिएको पाइँदैन । पाँचखाल नगरपालिका ७ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ । मण्डनदेउपुर नगरपालिकाले विद्यालयमा भौतिक उपस्थितमा भैरहेको पठनपाठन २४ गतेसम्म स्थगित गर्न सबै सामुदायिक विद्यालयलाई आग्रह गरेको छ ।

तर होटल, पाटी प्यालेस, बजार, पसल, कलकारखाना, उद्योग धन्दा बिना मापदण्ड निर्वाधरुपमा सञ्चालन भैरहेका छन् । भेलाहरू नगर्न प्रशासन कार्यालयले भने पनि कसैले मानेका छैनन् । जसको कारण सं क्रमितको संख्या डर लाग्दो रूपमा बढीरहेको छ ।

4280
Shares

ट्रेन्डिङ