सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा १ हजार लिटर घरेलु मदिरा नष्ट

काभ्रेमा १ हजार लिटर घरेलु मदिरा नष्ट

9375
Shares
काभ्रेमा १ हजार लिटर घरेलु मदिरा नष्ट

काभ्रेको पनौतीमा अवैध रुपमा विक्री हुदै आएको घरेलु मदिरा नष्ट गरिएको छ । नगरभित्रका विभिन्न मदिरा पसलबाट बरामद गरेको उक्त मदिरा आज जनप्रतिनिधि, स्थानीयको रोहवरमा प्रहरीले नष्ट गरेको हो।

प्रहरी चौकी पनौतीका इन्चार्ज प्रहरी नायव निरीक्षक सन्तोष बानियाँले पनौती नगरपालिका वडा न ४, ५, ६ र ९ का ज्यालेपाटी, बसपार्क, ठाडोबाटो, नमोबुद्धरोड, सुन्थान लगायतका भट्टी पसलबाट बरामद गरिएको मदिरा नष्ट गरेको जानकारी दिए । उनका अनुसार अवैध मदिरा बिक्री वितरणका कारण अपराधिक घट्नामा बृद्धि भएको, घरायसी झै–झगडाका घट्ना बढेको, महिला हिंसा लगायत घट्नामा बृद्धि भएको गुनासो आएपछि मदिरा नष्ट अभियान सञ्चालन गरेको बानियाँले जानकारी दिए ।

उनले मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिने पनि बताए । उनले समाजमा शान्ति, अमनचयन कायम गर्नु आफुहरुको कर्तब्य रहेको उल्लेख गर्दै कोहि कसैको व्यवशायमा दखल पु¥याउने चाहना नभएको बताएका छन् ।

यसैविच, प्रहरी चौकी पनौतीले सार्वजनिक स्थलमा उम्रिएका ३५० गाँजाका बोट समेत फडानी गरेको छ । हालै स्थानीयको सहयोगमा पनौती नगरपालिका वडा न ४ को ठाडोबाटो, वडा न ५ को बाँसघारी लगायत क्षेत्रका डेढ रोपनी जग्गामा उम्रिएको गाँजाका बोट फडानी गरेको प्रहरी नायव निरीक्षक बानियाँले जानकारी दिए ।

9375
Shares

ट्रेन्डिङ