सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेको रोशीमा भिरबाट लडेर एक जनाको मृत्यु

काभ्रेको रोशीमा भिरबाट लडेर एक जनाको मृत्यु

31680
Shares
काभ्रेको रोशीमा भिरबाट लडेर एक जनाको मृत्यु

काभ्रेमा लडेर एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको रोशी गाउँपालिका वडा नं २ मा भिरबाट लडेर १०० वर्षिया कान्छी कमिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रहरी नायव उपरीक्षक (डिएसपी) हरी खतिवडाले जानकारी दिए ।

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ८ घर भएकी कान्छी कमिनी रोशी गाउँपालिका २ स्थित छोरीको घरमा बस्दै आएकी थिइन् । उनी भिरबाट ६० मिटर तल खसेकी डिएसपी खतिवडाले जानकारी दिए ।

प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक शेखर खड्काको नेतृत्वमा घटनास्थल पुगेको टोलीले घटनाको मुचुल्का तयार पारी पोष्टमार्टमका लागि शव धुलिखेल अस्पताल ल्याईको उनले जानकारी दिएका छन् ।

31680
Shares

ट्रेन्डिङ