सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बेथानचोक गाउँपालिका-१ को स्वास्थ चौकी भवनको उद्घाटन

बेथानचोक गाउँपालिका-१ को स्वास्थ चौकी भवनको उद्घाटन

5515
Shares
बेथानचोक गाउँपालिका-१ को स्वास्थ चौकी भवनको उद्घाटन

जिल्लाको बेथानचोक गाउँपालिकाले वडा नम्बर १ च्याम्राङ्बेशी स्थित स्वास्थ चौकीका लागि निर्माण गरिएको नव निर्मित भवन उद्घाटन गरिएको छ । सोमबार भब्य कार्यक्रम बिच गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना तथा उपाध्यक्ष सरिता लामिछानेको संयुक्त बाहुलीबाट भवन उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नम्बर १ का अध्यक्ष सोमनाथ घिमिरे, वडा नम्बर ३ का अध्यक्ष दिल बहादुर श्रेष्ठ, वडा नम्बर २ का कार्यबाहक वडा अध्यक्ष राम प्रसाद अधिकारी, उज्यालो नेपाल संस्थाका अध्यक्ष, अनहर्ट वल्डवाइडका काभ्रे प्रमुख, गाउँपालिका कार्यपालिकाका सदस्यहरु लगायत गाउँपालिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

साथै स्वास्थ चौकी भवन संगै गाउँपालिका र अनहर्ट वर्ल्डवाइडको संयुक्त लगानीमा पुनःनिर्माण गरिएको बर्थिङ भवनको पनि उद्घाटन गरिएको थियो ।
बर्थिङ भवनको उद्घाटनका क्रममा बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बर्थिङ भवनका लागि अत्यावश्यक सोलार बत्ति छिट्टै ब्यवस्थापन गर्ने उद्घोष गर्नुभएको थियो ।

स्वास्थ चौकी भवन बेथानचोक गाउँपालिका, जिल्ला समन्वय समिति, काभ्रे र उज्यालो नेपाल संस्थाको संयुक्त लगानीमा निर्माण गरिएको गाउँपालिका सूचना अधिकारी इन्जिनियर ज्ञान प्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।

5515
Shares

ट्रेन्डिङ