सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • धुलिखेल ११ मा यस्तो बन्यो छ्याेर्तेन गाेम्पा

धुलिखेल ११ मा यस्तो बन्यो छ्याेर्तेन गाेम्पा

9240
Shares
धुलिखेल ११ मा यस्तो बन्यो छ्याेर्तेन गाेम्पा

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ मा निर्माण गरिएको थेग्छेन ज्याम्पालिङ छ्याेर्तेन गाेम्पाको उद्घाटन गरिएको छ । बागमति प्रदेश सभा सदस्य चन्द्र लामाले छ्याेर्तेनको उद्घाटन गर्नुभएको हो ।

छ्याेर्तेन सहितको पार्क निर्माण पुरा भएकाले उद्घाटन गरिएको वडाध्यक्ष विष्णु धितालले जानकारी दिनुभयो । छ्याेर्तेन सहितको पार्क निर्माणका लागि सांसद चन्द्र लामा मार्फत १० लाख र नगरपालिकाबाट २ लाख ५५ हजार रूपियाँ खर्च भएको छ ।

सांसद लामाले राज्यले सबै समुदायको संस्कार संस्कृति संरक्षण गर्ने नीति अन्तर्गत नै छ्याेर्तेनको निर्माण भएको बताउनुभयो । ‘समाजमा रहेका एकले अर्काको संस्कृति र संस्कारलाई आत्मसात गर्दै अघि बढ्दा हाम्रो भाईचाराको सम्बन्ध अझ प्रगाढ बन्छ । छ्योर्तेन बनेको छ ।

यसलाई संरक्षण गर्नुस् । पार्कले छ्योर्तेनको सौन्दर्यता झनै बढाएको छ । म विकास निर्माणमा हातेमालो गर्न सधै तत्पर छु, सासंद लामाले भन्नुभयो ।’

9240
Shares

ट्रेन्डिङ