सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • काभ्रेको विद्युतिकरण समिति चौबास भुम्लुले तिरेन ५ लाख विद्युत महशुल

काभ्रेको विद्युतिकरण समिति चौबास भुम्लुले तिरेन ५ लाख विद्युत महशुल

6450
Shares
काभ्रेको विद्युतिकरण समिति चौबास भुम्लुले तिरेन ५ लाख विद्युत महशुल

काभ्रे जिल्लाको गाउँस्तरीय विद्युतिकरण समिति चौबास भुम्लुले ६ महिना देखि महशुल भुक्तानी नगरेको पाइएको छ । समितिले विगत ६ महिनादेखिको महशुल ५ लाख ६७ हजार ५२९ रुपैँया तिर्न बाँकी रहेको छ ।

नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रले आज एक सूचना सार्वजनिक गर्दै बाँकी बक्यौता भुक्तानी गर्न आग्रह गरेको छ । सो संस्थाको नाममा रहेको ६ वटा ट्रान्सफर्मर सहितका लोड सेन्टरमा रहेको टि.ओ.डि मिटरको बिल बाँकी रहेको पाँचखाल वितरण केन्द्रका प्रमुख ई.मेघनाथ ढकालले जानकारी दिए ।

सो रकम भुक्तानी गर्न केन्द्रले सात दिनको म्याद दिएको छ । तोकिएको समयसिमाभित्र नेपाल विद्युत प्राधिकरणको विनियम अनुसार लाइन काटिने चेतावनी पनि दिएको छ । त्यसबाट उत्पन्न हुने परिस्थितीको सामना पनि चौबासलेनै गर्नुपर्ने भनिएको छ ।

6450
Shares

ट्रेन्डिङ