सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा आज ८० जना कोरोनामुक्त, ६९ जना थपिए

काभ्रेमा आज ८० जना कोरोनामुक्त, ६९ जना थपिए

2960
Shares
काभ्रेमा आज ८० जना कोरोनामुक्त, ६९ जना थपिए

काभ्रेमा पछिल्लो केहि दिनदेखी कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । आज थप ८० जना कोरोनाका बिरामी निको भएका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या पनि घटेको छ ।

यो संगै जिल्लामा १३ हजार १०२ जना संक्रमित कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ६९जना संक्रमित थपिएका स्वास्थ्य कायौलय काभ्रेले जनाएको छ । आज थपिएका संक्रमितमा पिसिआर परिक्षणबाट बनेपाका १२,धुलिखेलका १५,पनौतीका ११,पाँचखाल,रोशीका १÷१,बेथानचोक र नमोबुद्धका २-२ र भुम्लुका ५जना रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिठ स्वास्थ्य प्रशासक डा.नरेन्द्र कुमार झाले जनाकारी दिए ।

त्यस्तै एन्टिजेन परिक्षणबाट बनेपाका ७,धुलिखेलका १,बेथानचोकका ६, नमोबुद्धका ४ र तेमालका २ जनामा कोरोना पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १३ हजार ७८९पुगेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

2960
Shares

ट्रेन्डिङ