सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • भुम्लु गाउँपालिकामा गुण्डा आतंक: प्रहरी मौन, पत्रकार झण्डै कुटिएनन्

भुम्लु गाउँपालिकामा गुण्डा आतंक: प्रहरी मौन, पत्रकार झण्डै कुटिएनन्

22535
Shares
भुम्लु गाउँपालिकामा गुण्डा आतंक:  प्रहरी मौन, पत्रकार झण्डै कुटिएनन्

काभ्रेको भुम्लु गाउँपालिकामा गुण्डा आतंक मच्चिएको छ । गाउँपालिकाको कार्यालय वरपर नै अराजकता फैलिरहदा गाउँपालिकाका जिम्मेवार पदाधिकारी भने त्यसैमा रमाईरहेको भान हुन्छ ।

भुम्लु गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि टेण्डर आह्वान गरेको छ । यसमा सबैले प्रतिस्पर्धा गर्न पाउनु पर्ने हो । तर नदीजन्य पदार्थ उत्खननमा यो पटक पनि सिण्डिकेट कायमै रहेको छ । टेण्डर हाल्न जान समेत बन्देज लागेको विवरणहरू सामाजिक सञ्जालमा सार्वजनिक भैरहेका छन् ।

त्यसैको सिकार पत्रकार दिल बहादुर थोकर समेत परे । उनी जसोतसो ज्यान जोगाएर फर्किन सफल भए । केहि अपरिचित व्यक्तिले दुर्ब्य बहार गरे । पत्रकार थोकर माथि कसरी दुर्ब्यबहार भयो ? उनकै शब्दमा

‘म बुधवार भुम्लु गाउँपालिकामा जानुको तीन वटा कारण थियो । पहिलो पुरानो बिल भुक्तानी । दोस्रो अनलाईनका लागि नयाँ सम्झौता । तेस्रो टेन्डर प्रकियाको रिपोर्टिङ । तल बाटोदेखि नै युवाहरू थिए । उनीहरूले खास केही भनेनन् ।

जब म मोटरसाइकलमा गाउँपालिकाको कार्यालय पुगे । मोटरसाइकल पार्किङ गरेर पालिका अध्यक्ष गुमानध्वज कुँवरको कार्यकक्ष तर्फ जाँदै गर्दा पछाडीबाट ‘ब्रदर’ भन्ने शब्द मेरो कानमा पर्यो । म अघि बढी रहे । फेरी अर्को मान्छेले ‘ओ ब्रदर’ भनेर चर्को स्वरमा बोलायो । म नसुने झै गरी अध्यक्षको कार्यकक्ष तर्फ लम्किए ।

पालिका अध्यक्षको कार्यकक्षमा कम्तिमा दुई घण्टा बिताए । कुराकानी सकेर फर्किन मोटरसाइकल स्टाड गर्न साथ दुई जना युवा ‘रोक’ भन्दै मेरो सामुन्ने आए । मैले रोके । टेण्डरको फर्म किनेको हो भनेर सोधे । मैले हो भने । तर मैले टेण्डरको फर्म किनेको थिईन् । हामीलाई नसोधि किन किनेको भनेर युवाहरूले भने । यो त सबैले किन्न पाउने हो किन सोध्नु ? मैले भने ।

अघि पनि हामीले बोलाउँदा नसुकेको झै गरी हिड्यो । यसले ठूलो कुरा गर्यो भने ती युवाहरूले । त्यसपछि ४०/५० जनाको संख्यामा रहेका युवाहरू आए । मलाई घेरा हाले । युवाहरूले पछाडि आउनुस् कुरा गरौ भने । मैले किन जानु भने । फेरी ठूलो कुरा गर्यो भनेर मोटरसाइकलको चाँबी थुते । उनीहरू घरपछाडि गए । म चाहिँ पालिकाको कार्यालय ।

अनि पालिका अध्यक्ष गुमानध्वज कुँवरलाई जानकारी गराए । उहाँले ‘ए होर कस्तो दुःखद कुरा आयो । कस्तो केटाहरू रहेछन् मात्रै भन्नुभयो ।’ गाउँपालिकाका अर्का कर्मचारीले चाहिँ केहि चिन्ता लिनुपर्दैन । मान्छे चिन्नुपर्छ नि कस्तो केटाहरू रहेछन् भन्दै फोन डायल गरे । चाँबी ल्याईहाल्छन् भने उनले । तर पनि चाँबी ल्याएनन् । मैले फेरी अध्यक्ष गुमानध्वज कुँवरलाई मेरो चाँबी के गर्ने भनेर सोधे । ‘जसले लगेको हो त्यहिँसंग लिनुस् । प्र हरीलाई फोन गरिदिन्छु भन्नुभयो ।’

मलाई अगाडि घेरा हाल्दा पनि प्र हरी त्यहि थिए । केहि पनि समन्वय गरिदिएनन् । लगभग लगभग भौतिक रूपमै आ क्रमण गर्नेसम्मको मनस्थिति युवाहरूमा देखिन्थ्यो । त्यसको १०/१५ मिनेटको बिचमा चाँबी ल्याइदिए । अनि म फर्किए ।’

भुम्लु गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन गरेर निकै राम्रो राजस्व संकलन गर्छ । कम्तिमा ८ देखि १० वटा बगरमा बार्षिक करोडौंको ठेक्का लाग्ने गरेको छ । नदीको ठेक्कामा जनप्रतिनिधिहरूले र्याल काट्दा बर्षेनी समस्या हुने गरेको छ । यस्तो झमेलाको रमिते जिल्ला प्रशासन कार्यालय र गाउँपालिका आफै बन्ने गरेको छ ।

22535
Shares

ट्रेन्डिङ