सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा एमाले फुट पछि बनेको एकीकृत समाजबादी पार्टीको फ्रन्ट लाईनमा को-को छन् ? (नामसहित)

काभ्रेमा एमाले फुट पछि बनेको एकीकृत समाजबादी पार्टीको फ्रन्ट लाईनमा को-को छन् ? (नामसहित)

11070
Shares
काभ्रेमा एमाले फुट पछि बनेको एकीकृत समाजबादी पार्टीको फ्रन्ट लाईनमा को-को छन् ? (नामसहित)

एमाले विधिवत् रूपमा फुटेपछि गाउँ तहसम्म यसको असर परेको छ । काभ्रेमा यस अघि समानन्तर कमिटी गठनदेखि नै गुट क्लियर गरेका नेता कार्यकर्ताहरू खासै विभाजित भएका छैनन् । पहिले जाहाँ थिए, उनीहरू अहिले पनि त्यहि देखिएका छन् ।

केहि भने पर्ख र हेरको रणनीतिमा देखिन्छन् । कतिपय जनप्रतिनिधि देखि भ्रातृ संगठनका पदाधिकारीहरू दल रोज्न पाउने २१ दिने हद म्यादको पर्खाईमा छन् । तर उनीहरूका लागि २१ दिन कुर्नु आफैमा नोक्सानी हो ।

काभ्रेमा एमालेको नौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष टोक बहादुर वाईबाले नै नयाँ दल नेकपा एकिकृत समाजबादीको नेतृत्व गर्नु हुने भएको छ । यसअघि उहाँकै अध्यक्षतामा माधव-झलनाथ समूहको जिल्ला कमिटी गठन भैसकेको थियो ।

एकीकृत समाजबादी पार्टीमा काभ्रेका पुराना र अनुभवी नेताहरू छन् । नयाँ पार्टीमा ९ औं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष टोक बहादुर वाईबा, एमाले केन्द्रीय अनुशासन आयोगका सचिव शिव बहादुर देउजा, संविधानसभा सदस्यद्वय कृष्ण प्रसाद सापकोटा र विदुर सापकोटा, बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईं पहिलो लाईनमा देखिनुभएको छ ।

काभ्रे जिल्लाका पुराना बामपन्थी नेता एवं एमाले बागमती अञ्चल सदस्य रामप्रसाद अधिकारीले पनि माधव नेपाल अध्यक्ष रहेको नेकपा एकिकृत समाजबादी पार्टी साथ दिनु हुनेभएको छ ।

जनप्रतिनिधिहरूमा नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङ र भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ, वडाध्यक्षहरू डिल्ली आचार्य, माधवप्रसाद न्यौपाने, लक्ष्मण बस्ताकोटी, नारायण लम्साल, दिल बहादुर तामाङ, सचितानन्द केसी र भुवनप्रसाद बजगाईं नेकपा एकिकृत समाजबादीमै रहने निश्चित छ । उहाँहरूले यसअघिको समानन्तर गतिविधिमा पनि खुलेरै माधव-झलनाथ समूहलाई साथ दिनुभएको थियो ।

नेकपा एकिकृत समाजबादी पार्टीमा शिक्षक संगठनका पूर्व केन्द्रीय सदस्य रमेश पौडेल, प्रदेश कमिटी सदस्यहरू कमला अधिकारी, मुकुन्द गौतम, तुईकाजी ताम्राकार, ईश्वर पौडेल पनि रहनु भएको छ । त्यसैगरी पूर्व जिल्ला कमिटी सदस्य उद्धव थापा, हरिगोपाल प्रधानाङ्ग, हरेराम सापकोटा, कृष्ण चौलागाईं रहनु भएको छ ।

पूर्व जिल्ला सल्लाहकार प्रमुख पूर्ण कर्माचार्य, शिक्षक नेता कुवाङ्छु लामा, नेता रामशरण लुइँटेल, पूर्व गाविस अध्यक्ष जगत शाह र राजकृष्ण गिरीले पनि रहनु साथ दिनुभएको छ । पनौतीका सहदेव थापा, चलालगणेस्थानका प्रेम लामा, अनेरास्ववियूका पूर्व उपाध्यक्ष दिपक गौतम, सचिव भक्त कुमारी लामा पनि नयाँ दलमै रहनु हुनेभएको छ ।

युवा नेता रघुवर चौप्रधान, प्रदिप लामा, भेषराज शाह, गाेकुल गौतम, उषा घिसिङ, प्राणनाथ न्यौपाने, यादव कोईराला, दया सागर श्रेष्ठ, पासाङ डोल्मा लामा, बद्री तिमिल्सिना, बदन भण्डारी, प्रताप लामा, होम तिमल्सिना, सानु भाई विश्वकर्मा लगायत दर्जनौं युवाहरू नयाँ दलमै आबद्ध हुनु भएको छ ।

11070
Shares

ट्रेन्डिङ