सबैको समाचार
आइतवार, अशोज ३, २०७८
  • होमपेज
  • काभ्रेको गोसाँईथानमा यो बर्ष पनि जनैपुर्णिमाको मेला नलाग्ने

काभ्रेको गोसाँईथानमा यो बर्ष पनि जनैपुर्णिमाको मेला नलाग्ने

काभ्रेको गोसाँईथानमा यो बर्ष पनि जनैपुर्णिमाको मेला नलाग्ने

काभ्रेको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाँईस्थानमा यो वर्षको जनैपूर्णिमामा पनि मेला नलाग्ने भएको छ । बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको गोसाँईस्थान संरक्षण समितिको बैठकले कोरोना सं क्रमणको अबस्थालाई मध्यनजर गर्दै प्रत्येक बर्ष जनैपुर्णिमाका दिन ऐतिहासिक तथा पवित्र धार्मिक स्थल गोसाँईस्थानमा लाग्दै आएको गोसाँईकुण्ड मेला र जात्रा नगर्ने निर्णय गरेको संरक्षण समितिका अध्यक्ष भेषराज शाहले जानकारी दिनुभयो ।

संरक्षण समितिको बैठकले यस्तो निर्णय गरेको हो । यो विषम परिस्थितिलाई मध्यजनर गर्दै यो पनि वर्ष जनैपूर्णिमा मेला नगर्ने निर्णय गरिएको समितिका अध्यक्ष शाहले बताउनुभयो । यो वर्षको जनैपूर्णिमा भदौ ६ गते परेको छ ।

गोसाँईस्थान मन्दिर परिसरमा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन ठूलो मेला लाग्दैँ आएको छ । गोसाँईस्थान मन्दिर परिसरमा काभ्रेसहित, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली जिल्लाका साथै राजधानी उपत्यकाका श्रद्धालु भक्तजनहरु जनैपुर्णिमाको दिन दर्शन गर्न र मेला भर्न आउने गरेका थिए ।

अघिल्लो बर्ष पनि गोसाँईस्थान संरक्षण समितिले जनैपुर्णिमाको दिन लाग्ने मेला नगर्ने निर्णय गरेको थियो । ‘जनैपुर्णिमाको दिन यो मन्दिर परिसरमा मानिसहरूको अत्यधिक भिड हुने गरेको छ । यो बर्षपनि कोरोना भाईरसको सं क्रमण कम भएको छैन् । त्यसैले आ आफ्नै घरमा बसेर सुरक्षित साथ आफ्नो पर्व मनाउन र मन्दिर परिसरमा भिडभाड नगरिदिन आग्रह गरेका हौँ, संरक्षण समितिका अध्यक्ष शाहले भन्नुभयो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

error: Content is protected !!