सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काभ्रेमा मृगौला व्यापार यथावत: रोकिएन मानव अंगको तस्कर (भिडियो )

काभ्रेमा मृगौला व्यापार यथावत: रोकिएन मानव अंगको तस्कर (भिडियो )

सबैको ध्यान होक्सेमा, दलालको अन्यत्र

19870
Shares
  • पुजन धिताल

काभ्रेको बनेपा नगरपालीका वडा नं. ५ बस्ने २८ वर्षीय युवाले आफ्नो मिर्गौला गुमाएका छन् । आफ्रनो दाइको मिर्गौला बेच्ने तस्करहरूबारे सूचना खोज्ने क्रममा उनीहरूकै जालोमा परेर उनीले आफ्रनो मृगौला समेत गुमाएका छन् ।

२०४९ साल देखि काभ्रेको विभिन्न स्थानमा फैलदै आएको मृगौला व्यापारीहरुको संञ्जाल अझै पनी यथावत नै रहेको छ । विगत केहि समय पहिला काभ्रेलाई किड्नी बैंकको रुपमा विश्व भर प्रख्यात थियो । द एसिया फाउन्डेसन र विश्व शिक्षाको सहयोगमा जनअधिकार संरक्षण मञ्च (पीपीआर) ले सन् २०१४ मा गरेको अनुसन्धानले १ सय २० देखि १ सय ७८ जनासम्मले बेचबिखन गरेको भेटिएको थियो ।

संस्थाले तत्कालीन होक्से, अनेकोट, पाँचखाल, बालुवा, फूलबारी, ज्याम्दी, जैसीथोक, खरेलथोक, साठीघर, भगवतीलगायत ९ गाविसका २ सय ४२ जनामा अनुसन्धान गरेको थियो । गरिबी, अशिक्षा, लहैलहै, देखासिकी, महत्त्वाकांक्षा लगायत कारणले मिर्गौला बेचबिखन गरेको पाइएको अध्ययनमा उल्लेख छ ।

हाल काभ्रेको व्यापारी नगर बनेपामा पनी मृगौला तस्करीले आफ्रनो जालोमा नयाँ माछोको रुपमा २८ वर्षिय दिपक श्रेष्ठ ( नाम परीवर्तन ) लाई सोहि नाममा नक्कली नागरिकतालगायत कागजात बनाइदिएर उनको मिर्गौला काठमाडौंकी एक महिलालार्ई दिइएको हो । विभिन्न प्रलोबनमा परी भारतको कोलकातामा मिर्गौला प्रत्यारोपण गरेको उनले बताए ।

पिडितको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय बनेपाले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । पीडितको जाहेरीका आधारमा संलग्नलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी हरी खतिवडाले जनकारी दिए ।

प्रहरीले भुम्लुका ३५ वर्षीय राजकुमार भनिने कुमार परियार, उनकै भाइ ३३ वर्षीय देवराज भनिने सुरेश परियार र पाँचखालका ३१ वर्षीय कुमार परियारलाई बनेपाबाट पक्राउ गरेको हो । उनीहरूले विभिन्न प्रलोभनमा पारेर गिरोहमार्फत पीडितलाई भारतका विभिन्न अस्पताल लैजाने काम गर्दै आएका थिए । पक्राउ परेकामध्ये २ जना आफैंले आफ्नो मिर्गौला बेचबिखन गरेको समेत जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी खतिवडाले बताए ।

कोलकातास्थित एएमआरआई अस्पतालमा शल्यक्रिया भएपछि उनलाई ६ दिन अस्पताल राखियो । त्यस पश्चात ३ महिना उतै राखियो । गाउँ फर्किएपछि उनले प्रहरीलाई उजुरी गरेका हुन्, यद्यपि गाउँ फर्किएको केही समयमा सुरेश र कुमारले उनलाई दुई किस्तामा गरी ५ लाख दिएका थिए । ‘दाजुको मिर्गौला बेचबिखन गर्ने पत्ता लगाउन खोज्दा म पनि आफै मृगौला व्यापारीको सिकार बन्न पुगें ।

उनले सो घटनाको बारेमा आफ्रनो श्रिमतिलाई मात्र भनेका रहे छन् । उनको आमाले श्रिमति स.गको संबादमा मृगौला बेचेको जानकारी पाइन र स्थानीय जनप्रतिनिधिको रोहबरमा प्रहरीमा उजुरी दिएको कान्छि थापाको दाबि छ । आगामी दिनमा यस्ता घटना नदोरीउन भन्नका लागी कान्छि थापाले प्रहरीमा उजुरी दिएको बताइन् ।

सबैको ध्यान होक्सेमा, दलालको अन्यत्र
मिर्गौला बेचबिखन सुरुवात भएको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था, सञ्चारमाध्यम, प्रहरी र प्रशासनको नजर होक्सेमा नै केन्द्रित थियो । मिर्गौला बेचबिखन भएको भन्दै आफ्नो ठाउँको बदनाम भएकोमा स्थानीयहरुको पनि गुनासो रहेको छ । तर बेचबिखन अहिले होक्सेमा मात्रै केन्द्रित रहेको छैन । काभ्रेमा बेचबिखन गर्नेको संख्या करिब २ सय नाघिसकेको अनुमान लगाउन सकिन्छ ।

अधिकारकर्मी, प्रहरी, सञ्चारकर्मी आदिले बेचबिखन रोकिएको भन्दै सक्रियता घटाए पनि जिल्लाका विभिन्न स्थानबाट बेचबिखन भइरहेको तथ्य फेला पर्न थालेको छ । यसअघि होक्सेका छिमेकी पाँचखाल, बालुवा, ज्याम्दी, जैसीथोक, खरेलथोक, कोसीदेखा, साठीघर भगवती, फूलबारी बनेपालगायत क्षेत्रबाट पनि बेचबिखन हुदै आएको विभिन्न घटना क्रमहरुले देखिएको छ ।

तस्करीको आरोपमा पक्राउ पर्नेहरुमा
काभ्रे पनौतीका मनोज रावत, नुवाकोट मदानपुर–१ का पुना ठकुरी तथा मिना दाहाल भन्ने मिना दर्जी, सोही स्थानकै कृष्णबहादुर दर्जी, ललितपुर उपमहानगरपालिका–२१ का सचिन मर्हजन, ललितपुरकै सानुलाल महर्जन, तनहुँ मिलुंग–३ का कुमार अधिकारी, र काभ्रे पाँचखाल–९ का राजन दर्जी र हाल सम्म फरार रहेका लम्जुङ घर भई हाल काठमाण्डौ महानगरपालीका – १६ बालाजु बस्ने सुरेश पराजुली र सोहि स्थान बस्ने कमल पराजुली र काठमाण्डौ –२९ सामाखुशि बस्ने देव कुमारी श्रेष्ठ रहेका छन् ।

अहिले भुम्लुका ३५ वर्षीय राजकुमार भनिने कुमार परियार, उनकै भाइ ३३ वर्षीय देवराज भनिने सुरेश परियार र पाँचखालका ३१ वर्षीय कुमार परियार रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका अधिंकास व्यक्तिहरुले आफ्नो मृगौला समेत बेचेको पाईएको थियो । आफ्नो मृगौला बेचेपछि उनीहरुले तस्करहरुसँग मिलेर अन्य व्यक्तिको समेत मिर्गौला बेच्दै गरेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

हेर्नुहोस् भिडियो :

19870
Shares

ट्रेन्डिङ