सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • भगवतीका विद्यार्थीलाई पोशाक सहयोग

भगवतीका विद्यार्थीलाई पोशाक सहयोग

3990
Shares
भगवतीका विद्यार्थीलाई पोशाक सहयोग

काभ्रे : धुलिखेल, २८ किलोस्थित श्री शंकरा इन्टरप्राइजेजले नमोबुद्ध–६ स्थित भगवती आधारभूत विद्यालयका ४५ जना विद्यार्थीलाई पोशाक हस्तान्तरण गरेको छ । इन्टरप्राइजेजका सञ्चालक रहेका युवा व्यवसायी प्रविन सापकोटाले बालबालिकालाई विद्यालय पोशाक सहयोग गरेका हुन् । सापकोटाले विद्यालय व्यस्थापन समितिका अध्यक्ष कुन्साङ लामा र प्रधानाध्यापक नविनकुमार अधिकारीलाई हस्तान्तरण गरे ।

एपोलो पेन्टस्को काभ्रेको लागि आधिकारीक विक्रेता रहेका सापकोटाले व्यवसायबाट भएको आम्दानी मध्येबाट आफूले सहयोग गरेको बताए । विद्यालय र बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै उनले निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए । अध्यक्ष लामाले बालबालिकाको लागि मोजा, जुत्ताको व्यवस्थापन गरेका छन् ।

इन्टरप्राइजेजमार्फत टायल, मार्बल, सेनेटरी सामान लगायतको कारोबार गरिरहेका उनी श्री शंकरा फाउण्डेशन नामक सामाजिक संस्थामार्फत समाजसेवा गर्ने सोचमा छन् । धुलिखेल–१२ का निर्वाचित वडा सदस्य रहेका उनी धुलिखेल जेसीज बर्ष २०२१ का कार्यकारी उपाध्यक्ष समेत हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुन्साङ लामाले सहयोग गरेकोमा हार्दिक आभार व्यक्त गरे । प्रधानाध्यापक नविन अधिकारीले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे । सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी सुदर्शन अधिकारी, व्यवसायी रविन विष्ट, चन्द्र लामा, अनुप लामिछानेको समेत सहभागिता थियो । साविक खनालथोक गाविसको बेलबोटटारस्थित उक्त विद्यालयमा निम्न आयस्तर भएका अभिभावकका बालबालिका अध्ययन गर्ने गर्छन् ।

3990
Shares

ट्रेन्डिङ