सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेमा पहिरो खस्दा एकको मृत्यु, एक घाइते

काभ्रेमा पहिरो खस्दा एकको मृत्यु, एक घाइते

12065
Shares
काभ्रेमा पहिरो खस्दा  एकको मृत्यु, एक घाइते

वीपी राजमार्गमा अन्तर्गत काभ्रेको रोशी गाउँपालीका ७ मा पहिराले मोेटरसाइकल पुरिदा एक जनाकोे मृत्यु भएको छ । काठमाडौँबाट जनपुरतर्फ जाँदै गरेको ज ८ प ७४०९ को मोटरसाइकलमा सवार २ जना मध्ये १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरी रोमगोपाल पुरका सरोज कुमार साह रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी हरी खतिवडाले जानकारी दिए । सोही मोटरसाइकलमा सवार जनकपुरका सचित कुमार साहको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको डिएसपी खतिवडाले जानकारी दिए ।

12065
Shares

ट्रेन्डिङ