सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा बाढी पहिरोको कहर : बनेपा डुवानमा, वीपी राजमार्ग अवरुद्ध

काभ्रेमा बाढी पहिरोको कहर : बनेपा डुवानमा, वीपी राजमार्ग अवरुद्ध

12415
Shares
काभ्रेमा बाढी पहिरोको कहर : बनेपा डुवानमा, वीपी राजमार्ग अवरुद्ध

काभ्रे : अविरल बर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा पुल बजार डुबानमा परेको छ ।

 

पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार र बनेपा पनौती सडक डुबानमा परेको हो । सडक डुवानमा परेपछि आवतजावतमा समस्या भएको छ ।

यस्तै वर्षाका कारण पाँचखाल, तिनपिप्लेमा पहिरो खस्दा अरनिको राजमार्ग केहिबेर अवरुद्ध भए पश्चात एकतर्फि सुचारु भएको छ । पहिरोले वीपी राजमार्गका करिब १० ठाउँमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी हरी खतिवडाले जानकारी दिए ।

त्यस्तै नमोबुद्ध नगरपालिका वडा नं. ५ मा रहेको श्री कानपुर उच्च मा.वि. को निर्माणाधीन भवन पनि पहिरोको उच्च जोखिममा रहेको छ । उता चौरीदेउराली गाउँपालिका वडा नं. ८ मा रहेको ज्वालादेवि आधारभुत विद्यालयको भवन पनि उच्च जोखिममा रहेको स्थानीयले जानकारी दिएका छन् ।

त्यस्तै काभ्रेको भुम्लु हुँदै जाने मध्यपहाडी लोकमार्ग अन्तर्गत खर्कपाखा शिवभक्ति बस्ती माथिबाट खसेको पहिरोका कारण सो बस्तीका केहि घर उच्च जोखिममा रहेको स्थानीय क्रान्ती लामाले जानकारी दिए ।

12415
Shares

ट्रेन्डिङ