सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रे कोरोनाको एम्बर जोनमा,मिक्स्ड लकडाउन फेरी थपियो

काभ्रे कोरोनाको एम्बर जोनमा,मिक्स्ड लकडाउन फेरी थपियो

6910
Shares
काभ्रे कोरोनाको एम्बर जोनमा,मिक्स्ड लकडाउन फेरी थपियो

काभ्रेमा जारी मिक्स्ड लकडाउन पुनः थपिएको छ । जिल्ला कोरोनाको एम्बर जोनमा रहेकाले फेरी लकडाउन थपिएको हो । दैनिक ३५ देखि ६५ को बीचमा कोरोना संक्रमित थपिएमा सो जिल्लालाई एम्बर जोनमा राखिन्छ । यस अघिको लकडाउन आज राती १२ बजेसम्म रहेको थियो ।

कोरोनाको संक्रमणदर,अस्पतालमा भर्ना हुनेको संख्या र साप्ताहिक मृत्यु हुनेको संख्या पनि बढिरहेकाले लकडाउनलाई भदौ २५ गतेसम्म जारी राखिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

यो अवधिमा अनावश्यक रुपमा घर बाहिर निस्कन र भिडभाड हुने सम्पूर्ण गतिविधि गर्न रोक लगाइएको छ । त्यस्तै शैक्षिक संस्थाहरु प्रधानाध्यापकको नेतृत्वमा ५० प्रतिशत शिक्षकले आलोपालो विद्यालयमा उपस्थित भई अनलाईन, श्रव्य दृष्य, वा श्रव्य सामाग्रीको उपलब्धताको आधारमा पठनपाठन गराउन भनिएको छ ।

विद्यार्थीहरुलाई स–सना समूहमा विभाजन गरी गृहकार्य दिने,विद्यार्थीले गरेको गृहकार्य संकलन गर्ने र विद्यार्थीको समस्या समाधान गर्न पनि सूचना मार्फत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

जिल्लाभित्र सबै पसलहरू बिहान ६ बजेदेखि राति ८ बजेसम्म खोल्न पाईनेछ । त्यस्तै जिल्लाभित्र खपत हुने सामग्री बोक्ने यातायातका साधन राति ७ बजेदेखि बिहान ६ बजेसम्म र जिल्ला बाहिर खपत हुने सामग्री बोक्ने यातायातका साधन राति ९ बजेदेखि बिहान ५ बजेसम्म चल्न पाउनेछन् ।

6910
Shares

ट्रेन्डिङ